कोहलपुरमा डेटा सेन्टर निर्माण गर्न ११ करोड बजेट




कोहलपुर ।

बाँकेको कोहलपुरमा निर्माण हुने सरकारी डेटा सेन्टरका लागि ११ करोड ७० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । आर्थिक वर्ष २०८१/८२ को बजेट तथा कार्यक्रममा समावेश भएको उक्त परियोजनाका लागि सो बजेट छुट्याइएको हो ।

यस बाहेक ललितपुरमा डेटा सेन्टर र इन्टरनेट एक्स्चेन्ज सेन्टर समेत निर्माण गर्ने सरकारी योजना छ । जसका लागि आगामी आर्थिक वर्षमा १६ करोड ९१ लाख रुपैयाँ बजेट खर्चिने कार्यक्रम छ ।

त्यसो त आर्थिक वर्ष २०७९/८० देखि नै कोहलपुर र ललितपुरको खुमलटारमा डेटा सेन्टर निर्माणको कार्य सुरु गर्न भन्दै बजेट छुट्याइँदै आइएको थियो

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ असार २४ गते सोमबार