Kohalpur Today Header Ads

आफ्नो सरकारले निरन्तर बजेटको व्यवस्था गर्न तयार छ : कर्णाली सरकारका मुख्यमन्त्री कंडेल




भगवती पोख्रेल, सुर्खेत ।

त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस सुर्खेत बहुमुखी क्याम्पसको नवनिर्मित प्रशासनिक भवनको उद्घाटन  गरिएको छ। कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री माननीय यामलाल कंँडेलद्वारा भवनको उद्घाटन गरेका हुन् ।

भवन उद्घाटनसँगै मुख्यमन्त्री कँडेलले क्याम्पसको स्वर्णजयन्ती स्मारिकाको विमोचन समेत गरेका छन्। कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०८१/०८२ को बजेटमा यस क्याम्पसको भवन निर्माणका लागि रु.डेढ करोड बजेट छुट्याइएको उनले जानकारी दिए ।

LIfe Ok

त्यस्तै यसै वर्ष कर्णाली प्रदेशमा हुन गइरहेको राष्ट्रिय खेलकुदको सन्दर्भमा धमलाचोक देखि क्याम्पस आसपासका बाटाहरू कालोपत्र समेत गरिने उनले वताए। त्रि.वि.को आङ्गीक क्याम्पसको रूपमा रहेको र प्रदेशको उच्च शिक्षाको धरोहरका रूपमा रहेको यो क्याम्पसको समग्र विकासका लागि आफ्नो सरकारको तर्फबाट  सहयोग गर्ने जानकारी दिए ।

भवन उद्घाटन कार्यक्रमका सभापति सहप्राध्यापक माधवप्रसाद खनालले उपस्थित सबैलाई धन्यवाद दिदै आफ्नो चारवर्षे कार्यकालमा आजको दिनसम्म क्याम्पसको बृहत्तर विकास र क्याम्पसको समग्र उन्नयनमा लागि परेको जानकारी दिए । उनले आफूले आफ्नो क्षमताले भ्याएसम्म लागि परेको र यसमा प्रत्यक्ष र परोक्ष रूपमा साथ र सहयोग दिने सबै तह र तप्काका महानुभावहरूप्रति आफू आभारी रहेको बताए।


कार्यक्रममा पूर्व क्याम्पस प्रमुखहरु पीताम्बर ढकाल र डा.महेन्द्रकुमार मल्ल, क्याम्पसमा प्राध्यापनरत प्राध्यापकहरू, कार्यरत कर्मचारीहरू र विद्यार्थीहरूको उल्लेख्य उपस्तिथि रहेको कार्यक्रममा सहायक क्याम्पस प्रमुख ओमप्रकाश न्यौपानेले स्वागत मन्तव्य गरेका थिए ।  कार्यक्रमको सहजिकरण विद्यार्थी कल्याण प्रमुख डम्बरबहादुर खत्रीले गरेका थिए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ असार २४ गते सोमबार