Kohalpur Today Header Ads

दाङमा बाघको आक्रमणबाट च्याउ टिप्न गएका तीन जना घाइते




दाङ।

दाङमा बाघको आक्रमणबाट तीन जना घाइते भएका छन्। सोमबार विहान साढे ६ बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ स्थित नवदुर्गा सामुदायिक बनमा च्याउ टिप्न गएका तीन जनालाई बाघले आक्रमण गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले बताए ।

उनका अनुसार तुलसीपुर ९ वेलुवा निवासी ४५ वर्षीया कमला केसी, सोही ठाउँकी ५३ वर्षीया सीता कुमारी भण्डारी, सोही ठाउँकी १८ वर्षीया सरिता भण्डारी घाइते भएका हुन्।

LIfe Ok

केसीको दुवै हातमा सामान्य चोट लागेको छ, त्यस्तै सीताको ढाड र पेटमा तथा सरीताको दाँया हातमा सामान्य चोट लागेको छ । घाइतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइहरेको छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ असार २४ गते सोमबार