कोहलपुर नगरपालिकाद्धारा ७५ घर परिवारलाई त्रिपाल वितरण




कोहलपुर ।

कोहलपुर नगरपालिका वडा १५ का हावाहुरीका कारण क्षति भएका करिव ७५ घर परिवारलाई त्रिपाल वितरण गरिएको छ ।

८२ हजार ५ सय रुपैँया बराबरको त्रिपाल वितरण गरिएको वडा नम्वर १५ का वडा अध्यक्ष दिपेन्द्र कुमार चौधरीले जानकारी दिए ।

असार ५ गते एक्कासी आएको हावाहुरीका कारण १ सय बढि घर भत्किएका छन् भने १ जनाको मृत्यु र ९ जना घाइते भएको कोहलपुर नगर प्रहरी प्रमुख विर बहादुर थापाले जानकारी दिए ।

थापाका अनुसार कोहलपुर १४ मा सबै भन्दा बढि क्षति भएको छ भने कोहलपुर १० मा १ जनाको घरको छानो मात्र उडाएको बताए ।

खाद्यान्न तथा अन्य भाडाकुडा लगायतका सामाग्रीहरु आवश्यक परेको हुँदा संघसंस्था तथा व्यक्तिगत रुपमा सहयोग गर्न अपिल गरेकाे नगर प्रहरी प्रमुख थापाले जानकारी दिए ।

प्रकाशित मिति : २०८१ असार ८ गते शनिबार