विद्युत अवरुद्ध भएको तीन दिनसम्म काेहलपुर १५ मा बलेनन् बत्ती (फोटो फिचर)

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका वडा नं. १५ मा हावाहुरीले विद्युतका पोल ढल्दा विद्युत अवरुद्ध भएको तीन वित्तिसक्दा समेत अझै सेवा विस्तार गर्न सकेको छैन ।

कोहलपुर नगरपालिका १५ मा रहेका करिब १० वटा पोल भाचिँदा समस्या भएको हो । हावाहुरीका कारणले ट्यास् ट्यास् विद्युतका पोल भाचिएका छन् ।

कोहलपुर ९ देखि १४ हुँदै ७ नम्बर वडामा समेत विद्युत विस्तार हुन सकेको छैन । विद्युत प्राधिकरणले के कस्ता विद्युतका पोल राखेका हुन् थाहा छैन तर पोल ढल्नुपर्ने हो तर भाचिएका छन् ।

कोहलपुर ९, १४, १५ र शंम्शेरगञ्जमा गरी करिब १ सय २ वटा पोलहरु भाचिएका र ढलेका छन् ।

कोहलपुर नगरपालिका १५ का वडा अध्यक्ष दिपेन्द्र कुमार चौधरीले विद्युतका हाकिम र इन्जिनियरसंग दुई दिनमा नै विद्युतको मर्मत कार्य सम्पन्न गरी विद्युत सेवा विस्तार गर्ने भन्ने कुरा भएको बताए । तर अहिलेसम्म पनि विद्युत नआउँदा स्थानिय समस्यामा परेको उनको भनाई थियो ।

विद्युत प्राधिकरण कोहलपुरका प्रमुख माधव महतले विद्युत सेवा सुचारु हुन अझै दुई दिन लाग्ने बताएका छन् । महतका अनुसार ८० प्रतिशत काम सम्पन्न भएको छ अब सेवा सुचारु हुन मात्र समय लाग्ने होे, अबको दुई दिनमा सबै काम सम्पन्न हुने बताए ।

पोलहरु कम्पनीहरुबाट नै चेकजाँच गरी ल्याइएको हुन्छ तर यसरी भाच्चिएको पहिलो पटक देखेको महतको भनाई छ । यसमा अर्को पनि हुन्छ, एउटा पोल ढल्यो वा भाच्चियो भने अर्को पनि पोल ढल्ने वा भाच्चिने सम्भावना हुन्छ त्यसैले यती ठुलो क्षति हुनसक्ने महतको भनाई थियो ।