बालबालिकाको सिर्जनात्मक सञ्चार कार्यक्रम : मैले मात्र उल्टो देखेँ




हजुरले नि देख्नुभो कि मैले मात्र उल्टो देखेँ
केटिको त कपाल रहेछ केटाको पो चुल्ठो देखेँ ।

आजभोली दिदीबहिनीको जुङगा दाह्रि आउन के बेरे
दाजुभाईले चुरा, पोते, लाली, पाउडर लाउन के बेर ।।

८० वर्षे हजुरबुबा डिस्को तिर धाउन थाले
६० वर्षे हजुरआमा टि–सर्ट पाइन्छ लाउन थाले ।

के चलन आयो यस्तो विहे गरी जान्छन् विदेश र खाडीमा
विविध सपनाहरु सहित घर आउँदा श्रीमती अर्कैको गाडीमा ।।

धरोधर्म यस्तै भाको छ बताउँछ सबैको बोलीले
यस कुरालाई सत्यका रुपमा प्रकट गर्छन अर्जुन ओलीले ।

हजुरले नि देख्नुभो कि मैले मात्र उल्टो देखेँ
केटिको त कपाल रहेछ केटाको पो चुल्ठो देखेँ ।।

आमा उत्तम हुन्छ सबै भन्दा आमाको काख
गर्दिनन् कसैलाई उनले पाप ।

नौ महिना सम्म राखिन उनले कोखमा
प्रेम ग रिन बरु पारिनन् भोकमा ।।

संसारकै सर्वोच्च हुन् मेरी आमा
सकेको छैन कोही पुग्न आमाको ठाउँमा ।

थप्पड हान्छिन् अनि फर्किन्छन् चुहाउँदै आँसु
भए म सफल भने मुसुक्क ल्याउछिन हाँसो ।।

कति माया गर्छिन आमा सन्तान सबैलाई
त्यो त तिमी हामी थाहा छैन कसैलाई ।।

ऋाशिर्वाद दिन्छिन् विजयका बाटाहरुमा
माफ गरिदिन्छन् अनि जिन्दगीको बाधाहरुमा ।।

जाडो हुँदा हुँदो रहेछ आमाको काखमा न्यानो
पुयाउँदि रहिछिन् गर्दै एक मूर्ण मानो ।।

आमा कठिनाईमा पर्दा दिन सक्नुपर्छ ज्यान
खोजिनन् कहिल्यै ठुलो सानो भनेर मान ।।

हिम्मत हारिनन् कहिल्यै असल आमा बन्नलाई
पछि हटिनन् सन्तानको मायामा रुखो जमिन खन्नलाई ।।

मन हानिन् कहिल्यै उनको सन्तान र देशमा
हामी पनि रम्नुपर्छ आमो परिभेषमा ।।

प्रस्तुति : सुनिसा चन्द

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ जेठ ४ गते शुक्रबार