राप्तीसोनारीमा पुर्व प्राथमिक तहका शिक्षिकाहरुलाइ मन्टेश्वरी तालीम




कोहलपुर

राप्तीसोनारी गाउँपालिका वडा न ८ शम्शेरगजमा पुर्व प्राथमिक तहका शिक्षिकाहरुका लागि २ दिने मन्टेश्वरी तालीम आइतबार सम्पन्न भएको छ ।

नेशनल प्याब्सन राप्तीसोनारीको आयोजना अलाईड पब्लिकेसन्स तथा रामजानकी स्टेसनरी सेन्टर कोहलपुरको सहयोगमा संचालन गरिएको तालीमको समापन सत्रमा बोल्दै प्रमुख अथिती तथा राप्तीसोनारी गाउँपालिका वडा न ८ का वडाध्यक्ष सालिकराम डाँगीले मन्टेश्वरी तालीमले शिक्षिकाहरुको क्षमता विकासमा जोड दिने बताउदै तालीमलाई उपलब्धि मुलक बनाउन तालीममा सिकेका कुराहरू अनिवार्य शिक्षण सिकाइ प्रक्रियामा लागू गर्नुपर्ने बताए।

तालिममा मारिया इन्टरनेशनल मन्टेसरी टिचर्स ट्रेनिङ सेन्टर दाङ कि प्रशिक्षक दिप्ती रानाले सहजीकरण गरेकी थिइनँ । सो अवसरमा तालिमका सहभागीहरुलाइ प्रमाणपत्र प्रदान गरिएको थियोे तालीममा राप्तीसोनारी नेशनल प्याब्सनमा आवद्ध १४ वटा विद्यालयका ३४ जना पुर्व प्राथमिक तहका शिक्षिकाहरु सहभागीता रहेको थियोे ।

नेशनल प्याब्सन राप्तीसिनारीका अध्यक्ष सागरदत्त गौतमको सभापतित्वमा भएको कार्यक्रममा
नेशनल प्याब्सन बाँकेका उपाध्यक्ष गोविन्द रावत , नेशनल प्याब्सन बाके सल्लाहकार झलक वली लगायतको सहभागिता रहेको थियोे ! नेशनल प्याब्सन राप्तीसोनारीका सचीव टोपेन्द्र खड्काले कार्यक्रमको संचालन गरेका थिए ।

प्रकाशित मिति : २०८१ जेठ २० गते आइतबार