सिक्टा सिंचाइका लागि १ अर्ब ६० करोड बजेट

काठमाडौं ।

सरकारले आगामी आर्थिक वर्षमा १५ हजार ५७१ हेक्टर क्षेत्रफलमा सिँचाइ विस्तार गरिने घोषणा गरेको छ । आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले रानीजमरा कुलरीया सिंचाइ अन्तर्गत १४ हजार ९ सय हेक्टर क्षेत्रमा प्रथम चरणमा सिंचाइ आयोजना सुरु गरिने घोषणा गरेका हुन् ।

यस्तै सिक्टाको क्षेत्र विस्तार गर्न डुडुवा र नरैनापुर शाखा नहरको निर्माण गरिने सरकारले जनाएको छ । सिक्टा सिंचाइका लागि १ अर्ब ६० करोड विनियोजन गरेको मन्त्री पुनले घोषणा गरे ।

बजेटमा बबई सिंचाइ अयोजना पूर्वी तथा पश्चिममा मुल नहरबाट शाखा विस्तार गरेर थप १ हजार हेक्टरमा सिँचाई गर्न यसको लागि १ अर्ब ७९ करोड बजेट विनियोजन भएको छ । यस्तै भेरी बबई डाइभर्सन बहुउेश्यीय आयोजनाको हेडवर्कस र विद्युत गृहका लागि २ अर्ब विनियोजन भएको बजेट भाषणमा भनिएको छ ।

यस्तै महाकाली सिंचाइको तेस्रो चरणको मूल नहर र शाखा नहरको काम अगाडि बढाइने मन्त्री पुनले बजेट मार्फत घोषणा गरे । ब्रम्हदेव क्षेत्र शाखाको १ हजार ५ हेक्टर क्षेत्रमा जमिनमा सिंचाइ सेवा थपको लागि २ अर्ब रुपैयाँ घोषणा गरेको छ ।

बजेटमा मध्य तराईको ५ जिल्लामा १ लाख २२ हजार हेक्टरमा सिंचाइको लागि सुनकोशी मरिन डाइभर्सन हेडवक्र्सको लागि ३ अर्ब १२ करोड विनियोजन भएको छ ।

बागमती सिंचाइ आयोजनाको सिंचाइ प्रणाली पुनस्थापना गरी ४५ हजार ६ सय हेक्टरमा भरपर्दो सिचाई पुर्‍याउने भन्दै ६८ करोड विनियोजन भएको छ । कर्णाली प्रदशेका १० वटै जिल्लाका एकीकृत कर्णााली विकास सिचार्य अयोजनाको लागि ८२ करोड रुपैयाँ छुट्टाएको छ ।

तराई क्षेत्रमा सिँचाइ क्षेत्रमा ४ वटा ५० डीप बोरिङ जडान गरि १५ हजार हेक्टर जमिनमा सिंचाइ विस्तार गरिने यसको लागि ३ अर्ब ४५ करोड बजेट विनियोजन भएको मन्त्री पुनले ल्याएको बजेटमा छ ।