ठकुरी एकता समाजद्धारा दुर्घटना न्यूनिकरण अभियान सुरु

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका ३ मा रहेको ठकुरी एकता समाजले दुर्घटना न्यूनिकरण अभियान २०८१ सुरु गरेको छ ।

आजबाट ठकुरी एकता समाजले मदनचोकमा दुई वटा जेब्रा क्रसिङ्ग र ४ वटा सचेतनामूलक बोर्ड समेत राखी दुर्घटना न्यूनिकरण अभियान २०८१ सुरु गरेको हो ।

ठकुरी एकता समाजका अध्यक्ष हिमालजंग शाहले पूर्वपश्चिम राजमार्ग अन्र्तगत मदनचोक क्षेत्रमा बढि दुर्घटना हुने भएकोले दुर्घटना न्यूनिकरण गर्नका लागि सचेनामुलक वोर्ड र जेब्रा क्रसिङ्ग निर्माण गरिएको बताए ।

‘सामाजिक क्षेत्रमा युवाहरु लागिपरेका छौं,’ उनले भने, ‘यस्ता अभियान निरन्तर सञ्चालन गर्नेछौं ।’ कोहलपुर नगरपालिका क्षेत्रभित्रका विभिन्न स्थानहरुमा समेत ट्राफिक सम्बन्धी जनचेतनामुलक वोर्डहरु राख्नुपर्ने अति आवश्यक रहेको भन्दै कोहलपुर नगरबासीहरुलाई सहयोगका लागि अनुरोध गरे ।

ठकुरी एकता समाजका सल्लाहकार केशव शाहीले युवाहरुलाई सामाजिक क्षेत्रमा अग्रसर गराउनुपर्नेमा जोड दिएका थिए ।

‘सवल, सक्षम, नेतृत्व गर्न सक्ने युवाहरुलाई हामीले सहयोग गर्नुपर्छ,’ उनले भने, ‘समाजमा विभिन्न विकृतिहरु फैलिरहेको छ जुन समाजका लागि परिवर्तनका लागि काम गर्न खोज्ने युवाहरुलाई साथ, सहयोग र सुझावहरु दिनुपर्छ ।’

कोहलपुर नगरपालिका वडा नं. ३ का सम्पूर्ण जनताहरुको साथ सहयोगको अपेक्षा सहित अझै ठकुरी एकता समाजलाई सबै वडावडामा लैजाने योजना समेत रहेको सल्लाहकार शाहीले बताए ।

यस्तै जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख गोपीकृष्ण सुवेदीले पूर्वपश्चिम राजमार्ग भएको कारणले गर्दा यात्रुहरुलाई समस्या हुनेगरेको थियो अब समस्या नहुने बताए । ठकुरी एकता समाजले एउटा राम्रो र स¥हानिय काम गर्नुभएकोमा धन्यवाद दिएका थिए ।

कार्यक्रममा कोहलपुर नगरपालिका ४ का वडा अध्यक्ष मुवारक अलि गुजर, ३ नम्बर प्रहरी विटका प्रमुख कमल बहादुर केसी, अस्थाई ट्राफिक प्रहरी पोष्टका इन्चार्ज डिल बहादुर शाही, मदनचोकका इन्चार्ज लोक बहादुर कठायत, कोहलपुर नगर प्रहरी कर्ण बहादुर चन्द लगायत मदनचोकका करिब १ सय ५० भन्दा बढि व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।