सुशासन र पारदर्शितामा अब्बल छौं : मेयर पूर्ण आचार्य

बाँकेको कोहलपुर नगरपालिकाले आफ्नो स्थापना दिवस भव्य रुपमा मनाउन गइरहेको छ । स्थापना दिवसको अवसरमा कोहलपुर नगरपालिकामा शुसासन र पार्दशिक, नितिगत सुधार, शिक्षा स्वास्थ्य, खानेपानी र कृषि क्षेत्रमा गरेका कामका विषयमा कोहलपुर नगरपालिका नगर प्रमुख पूर्ण प्रसाद आचार्यसंग कोहलपुर टुडे डटकमका कार्यकारी सम्पादक डिल्ली शाहीले गरेको कुराकानीको अंश:

यहाँलाई कोहलपुर टुडे डटकममा स्वागत छ ।

  • धन्यवाद ।

स्थापना दिवस भव्य र सभ्य रुपमा मनाउँदै हुनुहुन्छ कस्तो छ तयारी ?

  • कोहलपुर नगरपालिकाले आफ्नो स्थापना दिवस भव्य र सभ्य रुपमा मनाउन तयारी गरिसकेका छौं । कोहलपुर नगरबासीहरुमा कोहलपुर नगरपालिकाको ११ औं स्थापनाको निर्णय जब क्याविनेटको निर्णय पछि निकै उत्साह उमङग भएका थियौं । उत्साह उमङगका साथ कोहलपुर बासीले बाजागाजा सहित व्यापक रुपमा नारा जुलुस समेत व्यापक रुपमा प्रर्दशन गरेर स्वागत गरिएको थियो । त्यो उत्साह उमङगका साथ मनाएका व्यक्तित्वहरुका साना तथा ठुला अपेक्षा आकाँक्षा पुरा भए वा भएनन त्यो कोहलपुर नगरपालिका स्थापित पश्चात प्रशासनिक तथा अन्य सेवाहरु प्रदान गरेको छ या छैन नै भन्ने मुख्य विषय हो । यसलाई हामीले नजिकबाट हरेरका छौं त्यसलाई पुरा गर्ने प्रयत्न गरिरहेका छौं । कोहलपुर नगरपालिकाले स्थापना दिवस मनाउँदा यि विषयहरुले पिडाको विषय बन्नुहुँदैन । यो स्थापना दिवस उत्साहका साथ मनाउनुपर्छ । गत वर्षसमेत हामीले व्यवस्थित रुपमा मनाएका थियौं । आज पनि कोहलपुर नगरपालिकामा जम्मा भएर कोहलपुरको न्यूरोड नजिकैको खुल्ला मैदानमा बृहत कार्यक्रम गर्ने तयारी गरिसकेका छौं ।

स्थापना दिवस मनाउँदा जनस्तरसम्म उत्सव जगाउन के के कार्यक्रम ल्याउनुभएको छ ?

  • कोहलपुर नगरपालिकाले स्थापना दिवस मनाउन विभिन्न कार्यक्रम ल्याएको छ । नेपालमा ७५३ वटा पालिकाका आ आफ्नै चुनौति र अवसर रहेका छन् । यि पालिका मध्ये एक कोहलपुर नगरपालिका हो । यसका पनि आ आफ्नै चुनौति र अवसर छ । कोहलपुर नगरपालिकाले कोहलपुरबासीका पक्षमा ओकालत गर्दै विभिन्न कार्यक्रम ल्याएको छ । कोहलपुर नगरपालिकाले ल्याएका कार्यक्रमका विषयमा कोहलपुरबासीहरुले सुझाव, सहयोग, सकारात्मक आलोचनात्मकको महत्वपूर्ण भूमिका निर्वाह गर्न अनुरोध गर्दछु । कोहलपुरले अहिले गरिरहेका कार्यक्रमका आधारमा भविष्य कस्तो हुने ? भन्ने टुङ्गो लगाउँछ ।

हरित संगमस्थल हाम्रो शहर, सुन्दर समृद्ध कोहलपुर नगर भन्ने मुल नारालाई लिएर कोहलपुर नगरपालिकालाई समृद्ध बनाउन के के गर्दै हुनुहुन्छ ?

  • हरित नगर बनाउने अघिल्लो जनप्रतिनिधिहरुले समेत चिन्तन गरेको पाइन्छ । हामी निर्वाचित भएपछि कोहलपुरलाई कसरी सफा र सुन्दर बनाउने ?, कसरी हरियाली प्रबद्र्धन गर्ने ?, अहिलेको प्रचण्ड गर्मीलाई छल्न अर्को कुनै विकल्प छैन । प्रचण्ड गर्मीलाई चूनौति दिने भनेकै हरियाली वातावरण हो । त्यसैले हामीले हरियाली वातावरण तयार बनाउने अधिक प्रयास गरेका छौं र हरित बन्दै गएको पनि छ । कोहलपुर नगरपालिकाले हरित नगर बनाउने अभियानमा कोहलपुरका भएका संघसंस्था, संघसंगठन, राजनितिक दल, निजी विद्यालय लगायत अन्य अभियानमा जोडिनुभएका आदरणीय व्यक्तित्वहरुलाई धन्यवादको पात्र हुनुहुन्छ । कोहलपुरबासीहरुले अझै हरित शहरको विकासको अभियानमा जनप्रतिनिधि, कर्मचारीले मात्र गरेर हुँदैन, कोहलपुरबासीको साथ, सहयोग पाइरहेका छौ, निरन्तर पाउने आशा छ ।

तपाईहरु निर्वाचति भएर आएपछि नितिगत सुधार के-के भएका छन् ?

  • निकै राम्रो प्रश्न गर्नुभएकोमा धन्यवाद । निर्वाचत भएपछि नितिगत सुधार थुप्रै भएका छन् । पूर्वाधार विकास भएको भए ट्याक्कै देखिन्थ्र्यो । नितिगत सुधार देखिदैन तर दिर्घकालिन रुपमा निकै फलदायी हुन्छ । कोहलपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, पालिकाको पार्दशिक र शुशासनलाई व्यवस्थित गर्ने, खरिद पक्रियालाई चुस्त दुस्त बनाउने र अन्य विविध विषयहरुलाई पार्दशिकता ढङबाट थुप्रै कामहरु भएका छन् । कोहलपुर नगरपालिकाले आम नागरिकले अनूभूति हुने गरी कामहरु भएका छन् तर तत्काल नहुन सक्छ तर अबको १ वर्ष भित्र नै यि कार्यक्रमहरुले सकारात्मक पक्षमा हुनेछन भने अझै अन्य महत्वपूर्ण कार्यक्रमहरु ल्याउने उत्साह जगाउनेछ । पक्कै पनि नगरपालिकाले गरेको काम प्रति कोहलपुरबासीहरुको सकारात्मक प्रभाव पर्न थालेको अनुभूति भएको छ ।

शिक्षा, स्वास्थ्य, खानेपानी, कृषिमा भएका राम्रा कामहरु केके छन् ?

  • स्थानिय तहलाई माध्यामिक तह दिने भनियतापनि अहिले संघिय सरकारले नै नेतृत्व गरेको छ । यद्यपी कोहलपुरले शिक्षालाई निकै कडाईका साथ प्रभावकारी र शैक्षिक गुणस्तर सुधार गर्नका लागि कुल बजेटको १७ प्रतिशत बजेट छुट्याएका छौं । अहिले कोहलपुरमा शैक्षिक सुधार गर्नका लागि जनशक्ति व्यवस्थापन, पूर्वाधार व्यवस्थापन र परिक्षा पार्दशिक प्रणालीबाट गराइएको छ । कोहलपुरमा अहिले पढ्नुपर्छ, पढाउनुुपर्छ भन्ने प्रभाव परेको छ । शिक्षकलाई पनि पढाउनुपर्छ भन्ने छ भने विद्यार्थीहरुलाई पनि पढ्नुपर्छ भन्ने भावना जागेको छ । स्वास्थ्यतर्फ आधारभूत स्वास्थ्य केन्द्र, सेवा केन्द्र तथा स्वास्थ्य ईकाईलाई थप व्यवस्थित गर्दै सेवालाई प्रभावकारी बनाइसकेका छौं । कोहलपुर नगर अस्पतालको भवन निर्माणको अन्तिम चरणमा पुगेको छ त्यसको काम पुरा भएपछि थप व्यवस्थित गर्नेछौं । स्वास्थ्य सेवालाई आम नागरिकको पक्षमा पार्ने गरी काम भएको छ । कोहलपुरमा खानेपानीका थुप्रै योजनाहरु छन् । कुनै खानेपानी प्रदेश सरकार र कुनै संघिय खानेपानी आयोजना अन्तर्गत पर्दछ । स्थानिय सरकारले खानेपानीको सामान्यतया आधारभूत आवश्यकता पुरा गर्छ । खानेपानीका ठुृला ठुला योजना वा काम गर्नुपरेमा सोही मताहतका आयोजनाहरुसंग समन्वय र सहकार्यमा खानेपानी सम्बन्धी काम अगाडी बढाउनुपर्ने हुन्छ । सोही अनुसार खानेपानी आयोजनासँगको समन्वयमा काम अगाडी बढाएका छौं । कृषि क्षेत्रमा पकेट क्षेत्र घोषणा गर्ने, कृषि पकेट क्षेत्रका कृषकका पक्षमा निति, कार्यक्रम तय गर्ने र किसानहरुको जिवन निर्वाह भन्दा व्यावसायीक कृषि प्रणालीमा जोड्नका लागि निति तथा कार्यक्रमहरु अगाडी बढाएका छौं त्यसलाई नै निरन्तरता दिनेछौं ।

अब तपाईंहरूको मुख्य प्राथमिकता के हो ?

  • मुख्य प्राथमिकता शिक्षा नै हो । शिक्षाको माध्यमबाट आम नागरिकको चेतना विकास गर्ने विषयमा बढि जोड दिइरहेका छौं । त्यो नै निरन्तरता दिएका छौं ।

कोहलपुर नगरपालिकाको पारदर्शिता र सुशासनमा प्रश्नहरू उठ्ने गरेका छन् नि ?

  • राम्रो प्रश्न, यो नागरिक स्तरमा महशुस हुनपर्छ । विगत, वर्तमानलाई हेरेर भविष्यमा के हुन सक्छ ? भने आकलन गर्न सकिन्छ । संस्थागत रुपमा पार्दशिकता, शुशासनका कुराहरुमा हामीले कसरी काम गरिरहेका छौ भन्ने कुरा आम नागरिक स्तरसम्म जबसम्म बुझाई हुँदैन तबसम्म यो कुराहरु उठि नै रहन्छन् । केही भ्रमित श्रृजना गर्ने काम भइरहेको छ त्यसकारणले नागरिकको तहबाट यसलाई बुझ्नुपर्छ । कार्यालयको तर्फबाट भएका त्रुटीहरुलाई औल्याउने, सूचना दिने, सुझाव, सुधार गर्नुपर्ने र सल्लाह र अपेक्षा समेत गर्दछौं ।

सार्वजनिक जग्गाहरुलाई अतिक्रमणमा परेका जग्गाको संरक्षण भइरहेको छ या छैन ?

  • सार्वजनिक जग्गाहरुलाई अतिक्रमणमा परेका जग्गाहरुको संरक्षण गरिरहेका छौं । हाम्रो क्षमताले व्यवस्थापन गर्न सकेको खण्डमा गर्छौ अन्यथा प्रदेश, संघिय सरकारको समन्व्यमा सार्वजनिक जग्गालाई संरक्षण गर्न अभिायन चलिरहेको छ । आगामी दिनहरुमा समेत चलिरहनेछ ।

अन्त्यमा कोहलपुरबासीलाई स्थापना दिवसको अवसरमा के भन्न चाहानुहुन्छ ।

  • सम्पूर्ण कोहलपुरबासीहरुलाई ११औं स्थापना दिवसको अवसरमा सबै बधाई व्यक्त चाहान्छु । स्थापना दिवसको दिन कोहलपुर नगरपालिकाको खुसीका दिन हो । सो अवसरमा सार्वजनिक विदा समेत दिएका छौं । शसकिय संरचनाका हिसावले आफ्नै घरदैलोमा प्रशासनलाई ल्याउने, संघिय गणतन्त्रले स्थापित गरेका मुद्धाहरुलाई पनि स्थानिय पालिकाहरुमा आम नागरिकको तहमा काार्यान्वयन गर्ने अवसर हामीले पाएका छौं । यो अवसर हामीले त्यसै फाल्नु हुँदैन । यो अवसर नगर प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र वडा सदस्यहरुको होइन यो अवसर आम कोहलपुर नगरबासीहरुको सुनौलो अवसर हो । यो अवसरलाई कोहलपुर नगरपालिकाको समृद्धि, विकास सुशासनसंग हामी कसरी जोडिने ? समन्वय गर्ने विगषयमा आम कोहलपुर नगरबासीहरुको चिन्ता चासो पैरवी, खबरदारी, र सल्लाह सुझाव पनि निरुन्तर जरुरी छ । कोहलपुरलाई समृद्ध बनाउने विकास गर्ने जनप्रतिनिधिहरुको मात्र होइन सबै कोहलपुरबासीहरुको हो । नेपालका अन्य पालिकामा भएका राम्रो विषयहरुलाई कोहलपुरमा त्यसलाई औल्याउने प्रयास गरौं त्यसको लागि सल्लाह, सुझाव र स्वीकारर्ने अभ्यास गरौं तर गलत अभ्यास गर्नेलाई निरुत्साहित गरौं त्यसमा कोहलपुर नगरबासीहरुको ठुलो भूमिका हुन्छ । आजका मितिसम्म कोहलपुरबासीहरुको सहयोग सल्लाह, सुझाव पाउँदै आइरहेका छौं । उहाँहरुका सल्लाह सुझावहरुलाई मनन गरी अगाडी बढिरहेका छौं । समन्वयात्मक भूमिका खेल्नुभएकोमा आदरणीय कोहलपुरबासी, दिदिबहिनी, दाजुभाई, संघसंस्था राजनितिक दल लगायत अन्य आदरणीय व्यक्तित्वहरुमा हार्दिक अभार व्यक्त गर्र्दै सबैकाप्रति ११औं स्थापना दिवसको अवसरमा शुभकाना व्यक्त गर्न चाहान्छु ।