कोहलपुरको नापी र मालपोतमा छापा : ६ जना पक्राउ

कोहलपुर ।

बाँकेको कोहलपुरमा रहेको नापी र मालपोत कार्यालयबाट ६ जनालाई पक्राउ गरेको छ ।

आज कोहलपुरको नापी र मालपोत कार्यालयमा विचौलियाहरुले निकै चलखेल भइरहेको भन्ने जनगुनासो आएपछि प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेल र जिल्ला प्रहरी कार्यालयको नेतृत्वमा इप्रका कोहलपुरले ६ जनालाई पक्राउ गरेको इप्रका कोहलपुरका प्रमुख डिएसपी धर्मराज भण्डारीले जानकारी दिएका छन ।

कार्यालय भित्र विचौलिको काम गरिरहेको सूचना प्राप्त भएपछि उनीहरुलाई पक्राउ गरेको भण्डारीले जानकारी दिए । ‘को को पक्राउ परेका छन् भन्ने अहिले खुलाउन मिल्दैन, अनुसन्धानका क्रममा छौं ।’ भण्डारीले भने । ३ जना वकिल, १ जना कोहलपुर नगरपालिकाका करार कर्मचारी रहेको पाइएको छ ।