ज्ञानकुञ्ज ईमी स्कुलद्धारा ५ नम्बर प्रहरी विट चप्परगौडीलाई सहयोग हस्तान्तरण

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका १२ मा रहेको ज्ञानकुञ्ज ईमि स्कुलले ५ नम्बर प्रहरी विट चप्परगौडीलाई सहयोग हस्तान्तरणलाई गरेको छ ।

कोहलपुर इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) धर्मराज भण्डारीलाई ज्ञानकुञ्ज ईमी स्कुलका संस्थापक महेन्द्र कार्कीले सहयोग हस्तान्तरण गरेका हुन् ।

५ नम्बर प्रहरी विट चप्परगौडीमा प्रहरीहरु गरेका काम कारवाहीका फाइलहरु सुरक्षित राख्नका लागि दराजको अभावका कारणले सो विद्यालयले सहयोग हस्तान्तरण गरेको कोहलपुर इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) भण्डारीले बताए ।

कोहलपुरमा रहेका सम्पूर्ण व्यक्तिहरुद्धारा संस्थागत तथा व्यक्तिगत रुपमा सल्लाह, सुझाव र सहयोगको अपेक्षा रहेको बताउँदै सहयोग हस्तान्तरण गरेको भन्दै हार्दिक धन्यवाद दिए ।