शत प्रतिशत सिओई प्राप्त गरेको प्रसिद्ध अब्रोड स्टडी कन्सलटेन्सीले ग¥र्यो विद्यार्थीलाई सम्मान सहित विदाई

कोहलपुर ।

बाँकेको कोहलपुरमा रहेको प्रसिद्ध अब्रोड स्टडी कन्सलटेन्सीले सिओई प्राप्त गरेका विद्यार्थीलाई सम्मान सहित विदाई गरेको छ ।

मंगलबार प्रसिद्ध अब्रोड स्टडी कन्सलटेन्सीको समन्वय र एस.के.इन्स्टिच्यूट अफ एक्सलेन्सीको आयोजनामा भएको कार्यक्रममा कोहलपुर नगरपालिका सामाजिक विकास समितिका संयोजक ईश्वरी विश्वकर्माको प्रमुख आतिथ्यतामा प्रसिद्ध अब्रोड स्टडी कन्सलटेन्सीले सिओई प्राप्त गरेका १४ जना विद्यार्थीलाई सम्मान सहित विदाई गरेको हो ।

साथै कक्षा १२ मा अध्यननरत करिब ३ सय भन्दा बढि विद्यार्थीहरुलाई समेत सम्मान सहित विदाई गरेको हो ।

कोहलपुर नगरपालिका सामाजिक विकास समितिका संयोजक ईश्वरी विश्वकर्माले बालबालिकाको भविष्यको उज्वल भविष्यको कामना गर्दै आगामी दिनहरुमा पालिकाबाट हुने साथ सहयोग हुने बताए । अबैध बाटोबाट जाने र आफ्नो भविष्यलाई अन्धकार नबनाउन आग्रह गर्दै कानूनी प्रक्रिया पुरा गरेर मात्र वैदेशिक यात्रा तय गर्न विश्वकर्माले अनुरोध गरे ।

यस्तै प्रसिद्ध अब्रोड स्टडी कन्सलटेन्सीका डाइरेक्टर एसवी बुढाले शत प्रतिशत सिओई प्राप्त गर्न सफल भएकोमा विद्यार्थीहरुको उज्वल भविष्यको कामना गर्दै सम्मान सहित विदाई गरेको बताए ।

काेहलपुरमा शत प्रतिशत सिओई प्राप्त गर्ने याे नयाँ रेकर्ड रहेकाे डाइरेक्टर एसवी बुढाले भने, काेहलपुरबाट अन्य कन्सलटेन्सी भन्दा प्रसिद्ध अब्रोड स्टडी कन्सलटेन्सीले शत प्रतिशत सिओई  प्राप्त गर्छ, विद्यार्थीहरूलाइ विभिन्न काेर्षहरू समेत सञ्चालन भइरहेकाे जानकारी गराएका थिए । बुढाका अनुसार एस.के.इन्स्टिच्यूट अफ एक्सलेन्सीमा अध्ययनरत कक्षा १२ का करिब ३ सय बढि विद्यार्थीहरुलाई समेत विदाई गरेको बताए ।

कार्यक्रममा एस.के.इन्स्टिच्यूट अफ एक्सलेन्सीका सञ्चालक तथा कार्यक्रमका सभापति अर्जुन वडुवालले शिक्षा क्षेत्रमा इन्स्टिच्यूटले निकै महत्वपूर्ण भूमिका खेलेको बताए ।