रुकुमपश्चिममा गहना निकाल्न जाँदा आगलागीमा परि एक वृद्धाको मृत्यु

रुकुम पश्चिम ।

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका ३ दारकाट्यामा आगलागीमा परेर एक वृद्धाको मृत्यु भएको छ। आइतबार दिउँसो ढारपाखा सामुदायिक वनबाट फैलिएको आगो गाउँमा पस्दा ७० वर्षीया बुदी कामीको मृत्यु भएको हो।

वडा अध्यक्ष तिलवीर केसीका अनुसार घरमा आगो सल्केपछि घरभित्र रहेका गहना निकाल्न भन्दै घरभित्र छिरेकी कामीको जलेर मृत्यु भएको हो। वन क्षेत्रबाट गाउँतर्फ फैलिएको आगोले ६ वटा घर जलेर नष्ट भएका छन्।

आगो भने नियन्त्रण हुन नसकेको वडाध्यक्ष केसीले बताए । स्थानीयवासी र इलाका प्रहरी कार्यालय बाँफिकोटबाट गएको प्रहरी टोलीले आगलागी नियन्त्रणको प्रयास गरिरहेको छ। आगलागीबाट थप घरमा समेत क्षति हुने अवस्था छ। घरमा आगलागी हुँदा भएको क्षतीको विवरण भने सङ्कलन हुन सकेको छैन ।