बाँकेमा अष्टम साना किसान सहकारी यस वर्षकै उत्कृष्ट सहकारी

कोहलपुर २१ चैत
अष्टम साना किसान कृषि सहकारी संस्था यसवर्ष जिल्लाको उत्कृष्ट सहकारी घोषित भएको छ । हरेक वर्ष जिल्ला सहकारी संघ बाँकेले प्रदान गर्दै आएको उत्कृष्ट सहकारीको पुरस्कर यसवर्ष अष्टम साना किसान कृषि सहकारी संस्थाले प्राप्त गरेको हो

।”सहकारीमा सुशासन ,प्रविधि र एकीकरण भन्ने मुलनाराका साथ मंगलबार मनाइएको ६७ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा आयोजना गरिएको कार्यक्रममा सहकारीलाई पुरस्कार तथा सम्मान पत्र प्रदान गरिएको थियोे ! त्यस्तै उत्कृष्ट कर्मचारी तर्फ अष्टम साना किसान कृषि सहकारी संस्था राप्तीसोनारी ८ का मुख्य प्रबन्धक हरिश्चन्द्र केसी पुरस्कृत भएका छ्न । त्यस्तै सहकारी दिवसका अवसरमा राप्तीसोनारी गाउँपलिकाले आयोजाना गरेको महिला कर्मचारी फुटबल प्रतियोगितामा समेत अष्टम साना किसान कृषि सहकारी संस्थाका महिला कर्मचारीले साकार कृषि सहकारी संस्थाका कर्मचारीहरु टिमलाई १-० गोलले पराजित गरि विजयी भएका थिए ।

यसैबीच सहकारीले बुधबार अष्टम साना किसान कृषि सहकारी संस्था लि साना किसान विकास लघुवित्त वित्तीय संस्था लि शाखा कार्यालयमा सरुवा भइ आउनु भएको शाखा प्रबन्धक विशाल तुलाधरलाई स्वागत गरेको छ भने राष्ट्रिय सहकारी महासंघमा निर्वाचित संचालक सदस्य प्रेम प्रसाद सुवेदी र एकता शाहलाइ सम्मान तथा बधाई ज्ञापन गरेको छ । त्यसैगरी फागुन २८ गते निर्वाचित कृषि सहकारी संघ लि बाँकेका पदाधिकारीहरुलाइ समेत बधाई ज्ञापन गरिएको छ ।