कोहलपुर ।
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले प्रदेश खारेजको एजेण्डा लिएर मेची महाकाली अभियान चलाउने बताएका छन् ।
पत्रकार सम्मेलनमा बोल्दै राप्रपाका अध्यक्ष थापाले प्रदेश खारेजको एजेण्डा लिएर मेची महाकाली अभियान चलाउने बताएका छन् ।
प्रदेश सरकारले विचौलियाको काम गरेको भन्दै उनले खारेजीको माग सहित देशदौराह गरिरहेको बताए । पञ्चायत कालदेखि गणतन्त्रसम्मको लामो राजनितिक यात्रामा विताएका थापाले राप्रपाको प्रदेशमा कुनै संरचना नबनाएको उनको दावी थियो ।
थापाले करिब १ घण्टा ५ मिनेटको पत्रकार सम्मेलनसम्म देशमा भएका विभिन्न काण्डैकाण्डका बारेमा बढि चर्चा गरिरहेका थिए तर आफ्नो पञ्चायत कालदेखि गणतन्त्रसम्म गरेका राम्रा उपलिब्ध भने बताएनन् ।
तर उनले करिब ४० मिनेट सम्म सरकार र प्रतिपक्ष दलका केही नाम उल्लेख गरी भ्रष्ट, घुसखोरी, भष्टाचारी, सरकारी जग्गा अपचलन लगायत दर्जनौ बढि काण्डहरुका बारेमा जानकारी दिएका थिए । थापाले प्रदेश खारेजी र हिन्दु राष्ट्र निर्माण गर्ने मुख्य दुई एजेण्डा बोकेको देखिन्छ ।
थापाले राप्रपा राजेन्द्र लिङदेलले फुटाएको ठोकुवा गरे । आफुले ‘गिताको कमस खाएर’ राप्रपा फुटाउँदिन भनेकै छु, तर धार्मिक मान्यता हुनुपर्छ भन्ने हामीले त्यो गलत गरेका छैनौ ।’ उहाँले बाह्य शक्तिको प्रयोग भएपछि बाध्यता परेपछि राप्रपा फुटेको उनले स्वीकारे ।
पत्रकार सम्मेलनमा कोहलपुर एफएम, प्रतिबोध एफम, मिसन टुडे, कोहलपुर टुडे लगायत अन्य मिडिया हाउसका पत्रकारहरुको उलेख्निय सहभागिता रहेको थियो ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्