Kohalpur Today Header Ads

नेपाल भारतमैत्री युवा संघले मनायो होली




कोहलपुर।

बाँकेको कोहलपुर नगरपालिका ९ मा नेपाल भारतमैत्री यूवा संघले होली मनाएको छ ।

कोहलपुर नगरपालिका वडा नं। ९ का वडा अध्यक्ष ओपेन्द्र नाथ योगीको प्रमुख अतिथ्यतामा र नेपाल भारतमैत्री युवा संघ बाँकेका अध्यक्ष प्रेम कुमार यादवको सभापतित्वमा होली मिलन कार्यक्रम भएको थियो ।

LIfe Ok

फागुन शुक्ल पूर्णिमाका दिनमा पर्ने यो पर्व तराईमा भने भोली मनाइँदैछ । आफन्त, साथीभाइ मिलेर रङ, पानी खेलेर खुसी साट्ने होलीपर्वको विशेषता हो ।

नेपाल भारतमैत्री यूवा संघका पदाधिकारी लगायत सदस्य, वडा अध्यक्ष सदस्यहरुले आइतबार रङ साटासाट गर्दै फागुपर्व मनाएका हुन् ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० चैत ११ गते आइतबार