पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चराको बथान, उडान–अवतरण प्रभावित

काठमाडौं ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चराको बथानै आएपछि उडान–अवतरण प्रभावित बनेको छ ।

वायु सेवा कम्पनीहरूका अनुसार आइतबार बिहान चराको गतिविधिका कारण विमानस्थल बन्द रह्यो ।

आज यती एयरलाइन्सको काठमाडौं–पोखरा रुटको ६७३ जहाज चराको गतिविधिका कारण पोखरामा अवतरण गर्न नसकी १ घण्टापछि काठमाडौं अवतरण गरेको थियो ।
यतीकै पोखरा–काठमाडौं रुटको ६९० जहाज चराको गतिविधि बढेसँगै ‘डिले’ भएको थियो ।

बुद्ध एयरका उडानहरू समेत प्रभावित बनेका छन् । चराको गतिविधिका कारण आज बिहान १० बजेपछि पनि विमानस्थल खुल्ने र बन्द हुने क्रम जारी छ ।