कोहलपुर ।
नेशनल प्याब्सन केन्द्रिय सदस्य तथा हिमालय विद्या निकेतनका संस्थापक श्याम कुवरले बाल आश्रम र अति विपन्न बालबालिकाहरुसंग आफ्नो जन्मदिन मनाएका छन् ।
बैजनाथ गाउँपालिका ३ मा रहेको सभ्यताको घर बाल आश्रम र नेपाल राष्ट्रीय प्राथमिक विद्यालयका २० जना बालबालिकाहरुसंग मनाएका हुन् ।

शैक्षिक अभियान्ता तथा सामाजिक व्यक्ति श्याम कुवरले खाद्यान्न, कापी कलम, ड्रेस सहयोग गरेका छन् ।
जन्मदिनमा भट्कीलो नगरी सामाजिक उत्तरदायित्व वहन गर्दै उनले २० जना अति विपन्न बालबालिकाहरुलाई ड्रेस, कापी कलम र बाल आश्रममा रहेका बालबालिकाहरुलाई समेत उनले खाद्यान्न र कापी कलम हस्तान्तरण गरेको कुवरले बताए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।











प्रतिक्रिया दिनुहोस्