कविन्द्र परियार ।
उपकार लघुवित्त वित्तिय संस्थाले शुक्रबार राप्तीसोनारीमा केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
उपकार लघुवित्त वित्तिय संस्था राप्तीसोनारी ८ शम्शेरगज शाखाको आयोजनामा संचालन गरिएको कार्यक्रमको राप्तीसोनारी गाउँपालिका उपाध्यक्ष मनिषा सिह थारुले दिप प्रज्ज्वन गरी उद्घाटन गरेकी थिइन ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी थारुले संस्थाले राम्रो काम गर्दै आएकोे भन्दै प्रशंसा गरेकी थिइन उनले लघुवित्तबाट ऋण लिएर अनुत्पादक क्षेत्र खर्च नगर्न आग्रह गर्दै लगेको ऋणबाट उद्यमी बन्नु पर्ने बताइन ।

हामीले ऋण लगेपछि अनिवार्य तिर्नुपर्छ अनाश्यक हल्ला र अफवाहको पछि लाग्नु ह्दैन उनले भनिन, कार्यक्रममा बोल्दै राप्तीसोनारी गाउँपालिका वडा न ८ का वडाध्यक्ष सालिकराम डाँगीले लघुवित्तबाट ऋण लिएर दिदिबहिनीहरु सानो पुजीबाट उद्यम गरेर ठुलो व्यवसायी बन्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा उपकार लघुवित्त वित्तिय ुसंस्था शम्शेरगज शाखाका प्रमुख विर बहादुर रोकाले स्लाइड मार्फत संस्थाको सांगठनिक संरचना,बचतका प्रकार र व्याजदर,रेमिट्यान्स सेवा,लघु कर्जा विमा,शाखाले प्रवाह गर्दै आएका सेवाका बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा उत्कृष्ट प्रथम समुह न ०३ हरियाली उपकार केन्द्र राप्तीसोनारी २, द्धितिय समुह नं ८७ कुसुमेश्वर उपकार सेवा केन्द्र राप्तीसोनारी १ र तृतिय हुने समुह नं २१७ लक्ष्मी उपकार सेवा केन्द्र राप्तीसोनारी १ समुहलाई सम्मानपत्र सहित सम्मान गरिएको थियो ।
त्यस्तै उत्कृष्ट महिला उद्यमी तारादेवी कुसारी र उत्कृष्ट बचतकर्ता लक्ष्मी शर्मालाई सम्मानपत्र र दोसल्लाले सम्मान गरिएको थियो ।
उपकार लघुवित्त वित्तिय संस्था केन्द्रिय कार्यालयकी कार्यकारी अधिकृत शारदा कुमारी खत्रीको सभापतित्वमा भएको कार्यक्रममा राप्तीसोनारी गाउँपालिका कार्यपालिका सदस्य राधिका सुनार,उद्योग वाणिज्य संघ राप्तीसोनारीका अध्यक्ष टिकाराम ढुङ्गाना सुरक्षाकर्मी ,पत्रकार १३२ वटा समुहका प्रतिनिधी लगायतको सहभागिता रहको थियो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्