कोहलपुर ।
कोहलपुर नगरपालिकाले कोहलपुर नगरपालिकाभित्र रहेका पानी उद्योगहरुको उत्पादित पानीको परीक्षण गर्न नमुना संकलन गरी खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयमा पठाएको छ ।
ती उद्योगहरुले उत्पादन गर्ने पानीको गुणस्तर नभएको भनी पटकपटक स्थानीयबासीेले गुनासो गरेपछि नगरपालिकाले नमुना परीक्षणका लागि प्रविधि तथा गुण नियन्त्रण कार्यालयमा पठाएको कोहलपुर नगरपालिकाका अधिकृत अग्निप्रसाद आचार्यले बताउनुभयो ।
लाइफ ओके पानी उद्योग, आरुस पानी उद्योग, झरना पानी उद्योग, श्री पानी उद्योग, वरपिपल पानी उद्योग र एच टु ओ को उत्पादित पानीको नमुना संकलन गरी प्रविधि तथा गुण नियन्त्रणमा पठाइएको छ ।
यसैगरी नगरपालिका भित्र पानी वितरण गर्दै आएको बैजनाथस्थित न्यू सिटीमा रहेको मध्यमश्चिम पानी उद्योगको नमुना समेत परीक्षणका लागि पठाइको छ ।
पानी उद्योगको गुणस्तरको विषयमा उद्योगीहरुले पनि विभिन्न किसीमको आरोप खेप्दै आएका छन् । नमुना परीक्षणको रिपोर्टपछि व्यवसायीले झेल्दै आएको समस्या पनि हल हुने अपेक्षा गरिको छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्