सप्तरी ।
सप्तरीको सप्तकोसी नगरपालिका-३ सखबनी नयाँ बस्तीमा बुधबार बन्चरो प्रहार गरि छोराले बुबाको हत्या गरेको छ । स्थानीय २२ वर्षीय लालदेब सदाले बन्चरो प्रहार गरी ४५ वर्षीय बुबा हिराई सदाको हत्या गरेको हो ।
बिहान ८ बजेतिर घरायसी विवादमा बन्चरो प्रहार गर्दा हिराईको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएका छन् ।
आरोपी लालदेबले छिमेकी ६५ वर्षीय दसन सदालाई पनि बन्चरो प्रहार गरेका थिए । बन्चरो प्रहारले उनको टाउको र हातमा चोट लागेको छ । उनको फतेपुरस्थित अस्पतालमा उपचार भइरहेको सप्तरीका प्रहरी प्रबक्ता डिएसपी ढुण्डीराज नेउपानेले जानकारी दिए ।
आरोपी लालदेवलाई बन्चरोसहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको डिएसपी नेउपानेले बताए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।











प्रतिक्रिया दिनुहोस्