कोहलपुरमा मापदण्ड विपरीत सञ्चालन गरेका दुई मासु पसललाई ३० हजार कारवाही

कोहलपुर ।

कोहलपुर नगरपालिकाले मापदण्ड विपरीत सञ्चालन गरेका दुई मासु पसललाई कारवाही गरेको छ ।

कोहलपुर टुडे डटकमले श्रावन १ गते ‘शौचालयमा स्टक राखी बजारसम्म पुग्छ राँगा र भैसीको मासु’ भन्ने शिर्षकमा सामाचार प्रकाशित गरेको थियो ।

कोहलपुर नगरपालिकाले समेत त्यसलाई निकै चासोका साथ अगाडी लिएको थियो । त्यसपछि नगरपालिकाले विभिन्न समयमा सुझावहरु दिँदा दिँदा समेत अटेरी गरेपछि आज कोहलपुर नगरपालिकाले ती दुई मासु पसललाई कारवाही गरेको छ ।

कोहलपुर नगरपालिका भित्र विभिन्न क्षेत्रमा अव्यवस्थित रुपमा मासु काट्ने र फोहोरमैला गरी वातावरण दुर्गन्ध बनाउने किसिमका क्रियाकलाप गरेका ती दुई पसललाई कारवाही गरेको हो ।

बजार अनुगमन समिति संयोजक अग्नी आचार्यले विभिन्न समयमा मासु पसल, किराना पसल, कपडा पसल, व्यूटी पार्लर लगायत अन्य सहकारी क्षेत्रमा समेत अनुगमन तिव्र रुपमा गरेको बताउँछन् ।

पछिल्लो समयमा कारवाहीको पक्रिया सुरु भएको बताउँदै बजार अनुगमन समिति संयोजक आचार्यले पप्पु रागौँ मासु पसल र नसिम करेशी राँगा मासु पसललाई कारवाही गरेको बताए ।

उनका अनुसार पप्पु रागौँ मासु पसललाई २० हजार र नसिम करेशी राँगा मासु पसललाई १० हजार गरी ३० हजार रुपैया जरिवाना गरेको बताए ।

मासुपसलहरुले बिक्री स्थल फोहोर, झिंगा भन्केको, पटक-पटक सुधार गर्नलाई दिएको आदेशलाई अटेरी गरेको भन्दै दुई पसललाई ३० हजार जरिवाना गरिएको आचार्यले बताए ।

यस्तै कोहलपुर नगरपालिका प्रमुख पूर्ण प्रसाद आचार्यले उपभोक्ताको स्वास्थ्यसंग प्रत्यक्ष जोडिएको बस्तुलाई कडाईका साथ लिएको र मापदण्ड विपरीत सञ्चालन नगरेका जो कोही पनि कारवाही हुने बताए । ‘कोहलपुरबासीहरुलाई स्वच्छ र स्वस्थ मासु उपलब्ध गर्ने गराउने भनी उहाँहरुले व्यवसाय सञ्चालन गर्नुभएको छ’, उनले भने, ‘तर मापदण्डमा रही व्यवसाय सञ्चालन गर्न अनुरोध मात्र गरेका हौं तर उहाँहरुले मान्नुभएन ।’ यो एकैपटकमै कारवाही गरेका होइनौ श्रावन महिनादेखि नै ताकेता गरिरहेका छौ तर पनि उहाँहरुले मान्नुभएन त्यसैले उहाँहरुलाई कारवाही गरेको बताए ।