कोहलपुरकाे भ्यू टावरमा लिप्ट सुरु

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिकाले सञ्चालन गरेको भ्यू टावरमा लिप्ट सुरु गरेको छ ।

कोहलपुर नगरपालिका-११ गोलपार्कमा रहेको भ्यू टावरमा लिप्ट सुरु गरेको हो । विभिन्न मितिमा टेन्डर गर्दा समेत कोही कसैले पनि टेन्डर नहालेपछि कोहलपुर नगरपालिका स्वयम् आफैले सञ्चालन गरेको हो ।

माघ २६ गतेबाट सुरु भएको भ्यू टावरमा पहिलो महिनामा दैनिक ४० देखि ४५ जना जाने गरेको कोहलपुर नगर प्रहरी प्रमुख विर बहादुर थापाले जानकारी दिए । अहिले नगर प्रहरीले टिकट काट्ने र रेखदेख गर्ने गरेको छ ।

कोहलपुर नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष कल्पना अधिकारी शर्माले पश्चिम नेपालमा पर्यटक क्षेत्रको रुपमा विकास गर्न भ्यू टावरले ठुलो सहयोग गर्ने जानकारी दिइन् ।

‘कोहलपुर नगरपालिकाको मात्र होइन’, उनले भनिन्, ‘बाँके जिल्लामा नै यसको परिचय र महत्वको विषयमा जानकार हुनुपर्छ ।’ कोहलपुरका आम बासीहरुलाई कोहलपुरको भ्यू टावरमा गएर मनोरञ्जन गर्न वडा अध्यक्ष अधिकारीले आग्रह गरिन् ।

यस्तै कोहलपुर नगरपालिका सामाजिक विकास समिति संयोजक ईश्वरी विश्वकर्माले कोहलपुर नगरपालिकाको दिर्घकालिन सोचका साथ निर्माण भएको लिप्ट सहितको भ्यू टावर सञ्चालन गर्न पाउँदा निकै खुसी लागेको बताए । भ्यू टावरमा प्रवेश शुल्क ७५ रुपैया लाग्नेछ ।