कोहलपुर नगरपालिकाले खुल्ला मञ्चमा गर्‍र्यो सार्वजनिक सुनुवाइ

कोहलपुर ।

कोहलपुर नगरपालिकाले प्रदान गर्ने सेवा र सुबिधाको प्रभावकारिताको बिषयमा सार्वजनिक सुनुवाई कार्यक्रम शुक्रबार खुल्ला मैदानमा गरेको छ । कोहलपुर नगरपालिकाको सहयोग र कोहलपुर जेसिसको सहजिकरणमा सार्वजनिक सुनुवाई कार्यक्रम गरेको हो ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा कोहलपुर नगरपालिकाकाका प्रमुख पुर्ण प्रसाद आचार्य, उप–प्रमुख संगिता सुवेदी र प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले आमनागरिकले गरेका गुनासा र सुझावका प्रतिक्रियालाई जवाफ दिएका थिए ।

कोहलपुर नगरपालिमा भएको उद्यमशील सिपमुलुक तालिम, क्रिकेट मैदानको बस्ती हटाउने, लागुऔषध दुर्व्यसनी शिक्षा, स्वास्थ, भौतिक पुर्वाधार र रोजगारी, अटो व्यवसायीहरुका विषयमा गुनासा र सुझाव सहित पतिक्रिया आएका थिए । उठेका प्रश्नको नगर प्रमुख, नगर उप–प्रमुख, प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले जवाफ दिएका थिए ।

कोहलपुर नगरपालिकाको आयोजना एवम् कोहलपुर जेसिजको सहजिकरणमा सम्पन्न सार्वजनिक सुनुवाई कार्यक्रममा जनप्रतिनिधि, अटो व्यवसायी, स्थानिय जनता, विद्यार्थी, समाजसेवी लगायतको उपस्तिथि रहेको थियो ।