Kohalpur Today Header Ads

क्यालेन्डरमै नभएको चैत ३१ गते पनि परीक्षा




त्रिभुवन विश्वविद्यालयले सार्वजनिक गरेको स्नातक तह दोस्रो वर्षको परीक्षा तालिकामा त्रुटी भेटिएको छ।

बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालयले शुक्रबार साँझ सार्वजनिक गरेको परीक्षा तालिकामा त्रुटी भेटिएको हो।

चार वर्षे मानविकी, शिक्षाशास्त्र, व्यवस्थापन संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान तर्फका नियमित परीक्षा चैत २८ गतेदेखि वैशाख १४ गतेसम्म हुनेछ।

LIfe Ok

जसमा बीबीएस दोस्रो वर्षको परीक्षा तालिका चैत ३१ गतेका लागि तोकिएको छ। जबकी चैत महिनाको अन्तिम दिन ३० गते मात्र छ।

परीक्षा नियन्त्रण कार्यालयले चैत ३१ गते बीबीएस दोस्रो वर्षको ‘म्याक्रोइकोनोमिक्स फर बिजनेस’ परीक्षा तोकेको छ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० चैत २ गते शुक्रबार