सकियो लागूऔषध दुव्र्यसनी सम्बन्धी अभिमूखिकरण कार्यक्रम

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १ वडा कार्यालयको आयोजनामा भएको लागूऔषध दुव्र्यसनी तथा मदिरा सेवन नियन्त्रण सम्बन्धी विद्यार्थीलाई अभिमूखिकरण कार्यक्रम आज समापन गरेको छ ।

कोहलपुर नगरपालिका सामाजिक विकास समितिका संयोजक ईश्वरी विश्वकर्माको प्रमुख अतिथि तथा १ का वडा अध्यक्ष बद्रि प्रसाद जैसीको सभापतित्वमा कार्यक्रम भएको थियो ।

लागूऔषध दुव्र्यसनी मानव जिवनको नरसंहार, समुन्नत समान र समृद्ध लागि सबै मिली गरौं बहिस्कार’ भन्ने मूल नाराका साथ लागूऔषध दुव्र्यसनी तथा मदिरा सेवन नियन्त्रण सम्बन्धी विद्यार्थीलाई अभिमूखिकरण कार्यक्रम गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि तथा कोहलपुर नगरपालिका समाजिक विकास समितिका संयोजक विश्वकर्माले लागूऔषध दुव्र्यसनी तथा मदिरा सेवन नियन्त्रण गर्न अभिभावक, विद्यार्थी, सामजिकअगुवा लगायत अग्रज व्यक्तित्वहरु लाग्नुपर्ने बताए ।

बालबालिकाहरुलाई अतिरिक्त क्रियाकलापमा अभ्ययस्त बनाउन सबै विद्यालय परिवारलाई आग्रह गरे । विद्यालयमा हुने विभिन्न अतिरिक्त क्रियाकलापमा सक्रिय बनाई लागूऔषध दुव्र्यसनी तथा मदिरा सेवनबाट टाँढा राख्न सामाजिक विकास समितिका संयोजक विश्वकर्माले सबै वडाबासीहरुलाई अनुरोध गरे ।

यस्तै कोहलपुर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष बद्रि प्रसाद जैसीले वडामा लागूऔषध दुव्र्यसनी तथा मदिरा सेवन नियन्त्रण गर्न अभिमूखिकरण कार्यक्रम गरेको बताए ।

यस्तै कोहलपुर इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी सुन्दर तिवारी र समाज सेवा संस्थाका केन्द्रिय अध्यक्ष विनोद थापाले लागूऔषध दुव्र्यसनी तथा मदिरा सेवन नियन्त्रण सम्बन्धी कार्यक्रमको सहजिकरण गरेका थिए ।