दोस्रो वडा स्तरीय फुटबल प्रतियोगिताको ‘कोहलपुर ३’ लाई उपाधि

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिकामा सञ्चालन भएको दोस्रो वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधि कोहलपुर ३ ले जितेको छ । गत २३ गतेबाट सुरु भएको दोस्रो वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधि कोहलपुर ३ ले जितेको हो ।

कोहलपुर ३ र कोहलपुर १ विच भएको फाइनल खेलमा १/१ बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटबाट कोहलपुर ३ विजयी भएको हो ।

प्रतियोगितामा प्रथम हुनेलाई ३५ हजार रुपैया सहित मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो । कोहलपुर ३ का गोल किप्परलाई उत्कृष्ट किप्पर सन्तोष चन्द र उत्कृष्ट खेलाडीका रुपमा हरी कठायतलाई मेडल सहित प्रमाण पत्र हस्तान्तरण गरिएको थियो ।

यस्तै प्रतियोगिताको उपविजेता कोहलपुर १ लाई २१ हजार रुपैया सहित मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो । कोहलपुर १ का खेलाडी उत्कृष्ट गोल हान्ने क्षितिज थापा मगरलाई मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो ।

स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ सुरु भएको दोस्रो वडा स्तरीय फुटबल प्रतियोगिताको समापन कार्यक्रमको प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य बसन्ती अधिकारीले गरेकी थिइन भने कञ्चनजंगा भिजन स्पोर्टस क्लबका अध्यक्ष पल्टन बुढाको सभापत्विमा भएको थियो ।

लुम्बिनी प्रदेश सभा सदस्य बसन्ती अधिकारीले खेलकुदका क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिएकी थिइन् । प्रदेशबाट हुने खेलकुदका कार्यक्रम तथा बजेटको व्यवस्थापन गरी खेलकुदमा लगानी बढाउने उनले प्रतिबद्धता व्यक्त गरिन् ।

यस्तै कञ्चनजंगा भिजन स्पोर्टस क्लबका पल्टन बुढाले खेल अविधिभर सहयोग गर्नुहुने सबै प्रयोजक, सह प्रयोजक लगायत रेफ्री सहित खेलाडी र आमदर्शकहरुलाई हार्दिक धन्यवाद दिएका थिए । आगामी वर्षहरुमा समेत यहाँहरुको साथ, सहयोग र सुझावको अपेक्षा सहित वडा स्तरीय प्रतियोगितालाई संस्थागत हुनुपर्नेमा बुढाले जोड दिए ।

प्रतियोगिताको मुख्य प्रयोजक कोहलपुर नगरपालिका ३ वडा कार्यालय रहेको थियो भने सह—प्रयोजक कोहलपुर बागेश्वरी ईमि स्कुल, अधिकार शु फेन्सी पसल, लक्ष्मी स मिल, सफल ट्रेडस र निशा किराना पसल रहेका थिए । कोहलपुर नगरपालिकाका १५ वटै वडाबाट प्रतिनिधित्व गर्दै १० टिम सहभागी भएका थिए ।