लक्ष्मी माविको अपांगमैत्री प्रशासनिक भवन शिलान्यास

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका २ मा रहेको लक्ष्मी माध्यामिक विद्यालयको अपांगमैत्री प्रशासनिक भवन शिलान्यास भएको छ ।

मंगलबार कोहलपुर नगरपालिका २ का वडा अध्यक्ष हरि कठायतले अपांगमैत्री प्रशासनिक भवनको शिलान्यास गरेका हुन् । चालू आर्थिक वर्षमा सम्पन्न हुने गरी अपांगमैत्री प्रशासनिक भवन निर्माण हुन लागेको हो ।

शिलान्यास कार्यक्रममा बोल्दै वडा अध्यक्ष कठायतले हरेक बालबालिकाको नैसर्गिक अधिकार उपलब्ध गराउने उद्देश्यले भवनको निर्माण गर्न लागेको बताए । अपांगमैत्री प्रशासनिक भवन बाँकेकै पहिलो भएको उनको दावी थियो ।

‘अन्यत्र पालिकाहरुमा छुट्टै अपांगमैत्री भवन निर्माण भएका छैनन,’ उनले भने, ‘यहाँ भने अपांगहरुका लागि प्रशासनिक भवन नै निर्माण लागेका छौं ।’

विद्यालय आउन चाहान्छन् तर उनीहरुलाई विविध कारणले आउन सकेका हुँदैन उनीहरुलाई विद्यालयसम्म ल्याउनका लागि यो योजना ल्याइएको वडा अध्यक्ष कठायतले बताए ।

प्रशासनिक भवन कुल १ करोड २० लाख रुपैया लागतमा एन विल एल कन्टक्सनले असार १५ गतेसम्म काम सम्पन्न गर्ने गरी टेन्डर पारेको थियो ।

विगत लामोसमयदेखि अपांगमैत्री बालबालिकाहरुलाई समस्या हुने गरेको थियो तर त्यसलाई पूर्णता दिन वडा अध्यक्ष, मेयर पूर्ण प्रसाद आचार्य, उपमेयर संगिता सुवेदी लगायतको पहल कदमीका कारणले आएको भन्दै विद्यालयका प्रअ जय विष्टले बताए ।