कविन्द्र परियार, राप्तीसोनारी ।
अष्टम साना किसान कृषि सहकारी संस्थाको १० औं सेवा केन्द्र राप्तीसोनारी ९ ढकेरीमा सोमबारदेखि संचालनमा आएको छ । सेवा केन्द्रको राप्तीसोनारी गाउँपालिका वडा न ९ का वडाध्यक्ष सोहनलाल थारुले एक कार्यक्रम बिच उदघाटन गरेका छ्न ।
दघाटन सत्रमा बोल्दै वडाध्यक्ष थारुले अष्टम साना किसान कृषि सहकारी संस्थाको सेवा केन्द्र ढकेरीमा स्थापना भएकोमा खुसी व्यक्त गर्दै शेयर सदस्यहरु सम्शेरगज जाँदा र आउदा सडक दुर्घटनाको भय हराउनुका साथै समय र पैसाको बचत हुने बताए ।

त्यस्तै उनले सहकारीबाट लिएको ॠण अनिवार्य रुपमा तिर्नुपर्ने बताए । सेवा केन्द्रको संचालनलाई प्रभावकारी बनाउन भवन निर्माण प्रक्रियामा आवश्यक सहयोग गर्ने समेत वडाध्यक्ष थारुले प्रतिबद्धता जनाए ।
कार्यक्रममा बोल्दै विशिष्ट अतिथि तथा सविधानसभा सदस्य अशोक रोकायले सहकारीको पुरानो इतिहास भएको बताउदै पछिल्लो समय सहकारीको उल्लेखनीय विकास भएको बताए ।

त्यस्तै कार्यक्रममा बोल्दै अष्टम साना किसान कृषि सहकारी संस्थाका मुख्य प्रबन्धक हरिश्चन्द्र केसीले ढकेरीमा सेवा केन्द्र खुलेर शेयर सदस्यहरुको मासिक भाडा बापत खर्च हुँदै आएको करिब ४० हजार रुपैयाँ बचत हुने बताए ।
किस्ता ब्याज तिर्न शम्शेरगज जादाँ यहाँका शेयर सदस्यहरुको गाडी भाडा वापत मासिक ४० हजार सम्म भाडा बापत खर्च हुने गरेकोमा अब रकम र समयको बचत हुने भएको छ केसीले भने उनले ढकेरी क्षेत्रमा ११९ वटा समुहका ७१२ जना सदस्यहरुले सहज सेवा पाउने बताउदै सेवा केन्द्रलाई प्रभावकारी रूपमा संचालन गर्न समेत अनुरोध गरे ।

कार्यक्रममा पन्चैबाजा सहितको झाँकी प्रस्तुत गरिएको थियोे महादेवपुरी सेवा केन्द्रका संयोजक वीर बहादुर थापाको सभापतित्वमा भएको कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधि,राजनीतिकदलका प्रतिनिधिहरुले शुभकामना मन्तव्य राखेका थिए ।
संचालक समिति सदस्य कर्ण बहादुर खड्काले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा राप्तीसोनारी ९ का जनप्रतिनिधि हरु विभिन्न संघसंस्थाका प्रतिनिधि शेयर सदस्य सर्वसाधारण लगायतको सहभागीता रहेको थियोे । अष्टम साना किसान कृषि सहकारी संस्थाका लेखा अधिकृत नारायण खनालले कार्यक्रमको संचालन गरेका थिए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।











प्रतिक्रिया दिनुहोस्