लागूऔषध दुव्र्यसनी तथा मदिरा सेवन नियन्त्रण सम्बन्धी विद्यार्थीलाई अभिमूखिकरण




कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका १ मा रहेको जन ज्ञानज्योति माध्यामिक विद्यालयमा लागूऔषध दुव्र्यसनी तथा मदिरा सेवन नियन्त्रण सम्बन्धी विद्यार्थीलाई अभिमूखिकरण कार्यक्रम गरिएको छ ।

लागूऔषध दुव्र्यसनी मानव जिवनको नरसंहार, समुन्नत समान र समृद्ध लागि सबै मिली गरौं बहिस्कार’ भन्ने मूल नाराका साथ लागूऔषध दुव्र्यसनी तथा मदिरा सेवन नियन्त्रण सम्बन्धी विद्यार्थीलाई अभिमूखिकरण कार्यक्रम गरिएको हो ।

कोहलपुर वडा नं. १ का वडा अध्यक्ष बद्रि प्रसाद जैसीले वडामा लागूऔषध दुव्र्यसनी तथा मदिरा सेवन नियन्त्रण गर्न अभिमूखिकरण कार्यक्रम गरेको बताए ।

यस्तै कृष्ण माध्यामिक विद्यालयमा लागूऔषध दुव्र्यसनी तथा मदिरा सेवन नियन्त्रण सम्बन्धी २० गते अभिमुखिकरण कार्यक्रम गरिएको थियो ।

कोहलपुर इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी सुन्दर तिवारी र समाज सेवा संस्थाका केन्द्रिय अध्यक्ष विनोद थापाले लागूऔषध दुव्र्यसनी तथा मदिरा सेवन नियन्त्रण सम्बन्धी कार्यक्रमको सहजिकरण गरेका थिए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० फागुन २१ गते सोमबार