कोहलपुर ।
बाँकेको बैजनाथ गाउँपालिका ५ मा पूर्वप्रेमीकाको घाँटी थिचेर हत्या गरिएको अवस्थामा भेटिएको छ ।
कोहलपुर नगरपालिका वडा २ मुक्तिनगरका ४५ वर्षीय रामसिंह थारुको पूर्व प्रेमीका बारबर्दिया नगरपालिका–९ बनगाइकी २७ वर्षीया उर्मिला चौधरी हुन् ।
दुवै जनाको विहे अलग भइसकेको थियो । अलग अलग विहे भएपनि समय–समयमा दुवै जना भेटघाट हुने गथ्र्यौ ।
फागुन १७ गते राति भेटघाटका लागि पूर्व प्रेमीका बारबर्दिया नगरपालिका–९ बनगाइकी २७ वर्षीया उर्मिला चौधरी बैजनाथ गाउँपालिका ५ मा आइन् ।
प्रहरीले मृतक चौधरीको शव फागुन १८ गते बैजनाथ गाउँपालिका –५ स्थित बनकट्टीदेखि जिगाउँ जाने भित्री पक्की बाटोको किनारामा फेला पारेको थियो ।
सो समयमा केही मनमुटाव भयो । मनमुटाव पछि पूर्वप्रेमीका उर्मिला चौधरीको घाँटी थिचेर हत्या गरिएको प्रारम्भिक अनुसन्धानमा खुलेको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीले कोहलपुर टुडेलाई जानकारी दिए ।
पूर्वप्रेमीको हत्या गरेका कोहलपुर नगरपालिका वडा २ मुक्तिनगरका ४५ वर्षीय रामसिंह थारुलाई पक्राउ गरिसकेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायव उपरीक्षक तिवारीले बताए ।
बाँके जिल्ला अदालतबाट आइतबार पहिलो पटक पाँच दिन हिरासतमा राख्ने अनुमति लिई अनुसन्धान सुरु गरेको हो ।
प्रतिक्रिया दिनुहोस्