Kohalpur Today Header Ads

नेपाल शिक्षक संघद्धारा २५ प्वाइन्ट रगत संकलन




कोहलपुर ।

नेपाल शिक्षक संघले २५ प्वाइन्ट रगत संकलन गरेको छ ।

नेपाल शिक्षक संघ लुम्बिनी प्रदेश कार्यसमितिको ५ औं प्रतिनिधि सभाको अवसरमा गरिएको खुल्ला रक्तदान कार्यक्रममा २५ प्वाइन्ट रगत संकलन गरेको हो । ‘गुणस्तरीय शिक्षाको आधार, मर्यादित शिक्षण पेशाको पूर्वाधार’ भन्ने मुल नाराका साथ खुल्ला रक्तदान कार्यक्रम गरिएको थियो ।

LIfe Ok

नेपाल शिक्षक संघ लुम्बिनी प्रदेशका अध्यक्ष लाल प्रसाद पंगेनीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल शिक्षक संघका केन्द्रिय अध्यक्ष सोमनाथ गिरीको प्रमुख अतिथ्यतामा कार्यक्रम भएको थियो ।

कार्यक्रममा संयोजक तथा शिव शक्ति आविका प्रअ बद्रि सापकोटाले विहान कोहलपुर चौराह सरसफाई गरेको बताए ।

सो अवसरमा कोहलपुर चौराहको वरीपरी रहेको फोहर सरसफाई गरी स्वच्छ र सफा वातावरण तयार गर्ने उद्देश्यले सरसफाई कार्यक्रम आयोजना गरेको बताए ।

यस्तै नेपाल शिक्षक संघका बाँके जिल्ला अध्यक्ष रिसी शर्माले कोहलपुर नगरपालिकालाई शिक्षा क्षेत्रमा सुधार गर्नुपर्ने सम्बन्धी घोषणा पत्र समेत तयार पारी नगरपालिकालाई बुझाउने तयारी भएको बताए । नगरपालिकामा रहेका सामुदायिक र संस्थागत विद्यालयहरुको समन्वय र सहकार्य गरी शैक्षिक हव बनाउनका लागि शैक्षिक घोषणा पत्र तयार गरेको अध्यक्ष शर्माले बताए ।

कार्यक्रममा महासचिव यज्ञ प्रसाद नेपाल लगायत नेपाल शिक्षकमा आबद्ध केन्द्रिय, प्रदेश र जिल्ला पदाअधिकारी सहितको उपस्थित रहेको थियो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० फागुन १९ गते शनिबार