Kohalpur Today Header Ads

कोहलपुरका युवाहरुले रुकुम पश्चिममा गएर शैक्षिक सामग्री वितरण




कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिकाका युवाहरुले रुकुम पश्चिममा गएर शैक्षिक सामग्री वितरण गरेका छन् । भिम बहादुर रोकाय, पुरूषोत्तम शर्मा, विजय आर्चाय, जेम्स मुर्मू, विमल वली, विकास न्यौपाने, गौरव सुबेदी लगायतको टोलिले रुकुम पश्चिमका १ हजार बढि विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेका छन् ।

भूकम्प प्राभावित क्षेत्रमा गई बालबालिकाहरुलाई अध्ययनअध्ययापनमा सहजता होस् भन्ने उद्देश्यका साथ उनीहरुले शैक्षिक सामग्री वितरण गरेको गौरव सुवेदीले जानकारी दिए ।

LIfe Ok

रुकुम पश्चिम जिल्लाको आठ विसकोट नगरपालिका वडा नं. १३ र १४ का भूकम्प प्रभावित बालबालिकालाई शैक्षिक तथा खेलकुद सामग्री युवाहरुले वितरण गरेका हुन् । जनविकास मावि टाकुराका प्रअ दिपक सगंम थापाले सहजिकरण गरेका थिए ।

विद्यार्थीहरुलाई कापी, कलम, पेन्सील, इरेजर, सापनर, चेस, शब्दकोष, नेपालको झण्डा, भलिवल, भलिवलको नेट, र साना बालबालिकाहरूका लागि खेल सामाग्री लगायतका शैक्षिक सामग्रीहरू उपलब्ध गरेका गराएको युवा सौरव सुवेदीले जानकारी दिए ।

शिक्षक पुरूषोत्तम शर्माले अभिभावक गुमाएका र विपन्न समुदायका विद्यार्थीका लागि राहत पुगोस् भन्ने उद्देश्यले यसरी सहयोग गरिएको बताए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० फागुन १९ गते शनिबार