खेलाडी छनौट गर्न केसीलाई जिम्मेवारी




कोहलपुर ।

प्रदेश खेलकुद परिषद लुम्विनीले फुटबल खेलाडी छनौट र बन्द प्रशिक्षण गर्न लोक पुनको संयोजकत्वमा तीन जनालाई कार्यभार दिएको छ । जसमा जनक केसी र यमबहादुर गुरुङ रहेका छन् ।

फाल्गुन २४ देखि ३० गतेसम्म बागमति प्रदेश खेलकुद विकास परिषदको अः ज्ञयोजनामा हुन थालेको अन्तर प्रदेश राष्ट्रिय खेलकुद–२०८० का लागि लुम्बिनीबाट फुटबल खेलाडी छनौट र बन्द प्रशिक्षण गराउनका लागि तीन जनालाई जिम्मेवारी दिइएको हो ।

फाल्गुन १० गते बसेको परिषदको कार्यकारी समितिको बैठकले उक्त निर्णय गरेको थियो । परिषदसंग समन्वय गरि खेलाडी छनौट र बन्द प्रशिक्षण लगायतका काम गर्न भनिएको छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० फागुन १३ गते आइतबार