छात्रालाई क्रिकेट सामाग्री हस्तान्तरण

कोहलपुर ।

कोहलपुर नगरपालिकाद्वारा पाँच माध्यामिक विद्यालयलाई क्रिकेट सामग्री हस्तान्तरण गरेको छ । नगरपालिकाले गत वर्ष उप मेयरकप छात्रा क्रिकेट प्रतियोगितामा भाग लिएका पाँच सामुदायिक विद्यालयहरुलाई क्रिकेटका लागि आवश्यक खेल सामाग्री विद्यालयलाई हस्तान्तरण गरिएको हो ।

शुक्रबार कोहलपुर नगरपालिकाका उप प्रमुख संगिता सुवेदी, प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकाल, नगर शिक्षा शाखा प्रमुख राम बहादुर हमाल, नगर खेलकुद विकास समितिका अध्यक्ष बुद्धि थापा लगाएत विद्यालयमा पुगी उक्त खेल सामाग्री विद्यालयलाई हस्तान्तरण गरेका हुन् ।

गत वर्ष उप मेयर कप खेलकुद प्रतियोगितामा भाग लिएका विद्यालयहरूले क्रिकेट अभ्यासका लागि खेल सामाग्री अभार रहेको गुनासो गरेपछि ति सामुदायिक विद्यालयहरुलाई क्रिकेट खेल सामाग्री वितरण गरिएको कोहलपुर नगर पालिकका उप प्रमुख सुवेदीले बताए ।

नेपालमा महिला क्रिकेटको शुरुवात भएको यस ठाउँका महिला क्रिकेट खेलाडीहरुले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा क्रिकेटको माध्यमबाट नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा समेत परिचित गराएको स्मरण गर्दै उप प्रमुख सुवेदी भनिन्, “क्षमतावान खेलाडीलाई प्रसस्त अभ्यास गर्ने र खेल्ने अवसर दिनुपर्छ ।’’

कार्यक्रममा कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले विद्यार्थीलाई खेलमा प्रशस्त अभ्यास गरि उप प्रमुख कपमा विजयीको शुभकामना व्यक्त गरिन् ।

नगरपालिकाले ज्ञान ज्योति मावि बगिया, त्रिभुवन मावि, ज्ञान ज्योति मावि चप्परगौडी, सगरमाथा ज्ञानपुञ्ज मावि र वालशिक्षा मावि भरैयालाई क्रिकेट खेलका लागि सामग्री वितरण गर्न कार्यक्रम रहेको कोहलपुर खेलकुद विकास समिति कोहलपुरका अध्यक्ष बुद्धि बहादुर थापाले बताए ।