कामना सेवा विकास बैँकद्धारा वित्तिय साक्षरता कार्यक्रम




कोहलपुर ।

कामना सेवा विकास बैङ्कले प्रभात नमुना माध्यामिक विद्यालयमा वित्तिय साक्षरता कार्यक्रम गरेको छ ।

बाँकेको बैजनाथ गाँउपालिकाको जि गाँउमा रहेको प्रभात नमुना माविका व्यवस्थापन संकायका विद्यार्थीलाई लक्षित गर्दै शूूक्रबार एक दिने साक्षरता कार्यक्रम गरिएको कामना सेवा विकास बैङ्क कोहलपुर शाखा प्रमुख राजेन्द्र वलीले बताउनु भयो ।

बैङ्कले व्यवस्थापन संकायका विद्यार्थीलाई सुरक्षित भविष्यको सुनिश्चितता गर्दै सही वित्तीय निर्णय गर्न शिक्षित र सशक्त बनाउने योजनाका साथ कार्यक्रम गरेको हो ।

कामना सेवा विकास बैंक नेपालगञ्ज शाखा प्रमुख शैलेस शर्मा, कोहलपुर शाखा प्रमुख राजेन्द्र वली र बैजनाथ शाखा प्रमुख सुनिल आचार्यको उपस्थितिमा कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा सहभागी विद्यार्थीहरुलाई वित्तीय व्यवस्थापन, बचत र खर्चको व्यवस्थापन, डिजिटल बैङ्किङ, डिजिटल बैङ्किङमा अपनाउनुपर्ने सतर्कता लगायत विषयमा जानकारी गराईएको थियो ।

वित्तिय साक्षरता कार्यक्रममा बैङ्कका रिजिनल सपोर्ट हरिस अवस्थी ,सेवा प्रबन्धक अमृता रोकाया र सम्बन्ध प्रबन्धक उपेन्द्र राज भट्टले आधुनिक बैङ्किङ उत्पादन उपयोगबारे जानकारी प्रदान गर्नुभएको थियो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० फागुन १२ गते शनिबार