नेशनल प्याब्सन बाँकेद्धारा बृहत अतिरिक्त क्रियाकलाप सुरु

कोहलपुर ।
नेशनल प्याब्सन बाँकेले बृहत अतिरिक्त क्रियाकलाप सुरु गरेको छ । सोमबार नेशनल प्याब्सन बाँकेका अध्यक्ष किशोराज मल्लको अध्यक्षतामा भएको कार्यक्रममा बाँके जिल्ला शिक्षा समन्वय एकाई समितिका प्रमुख राम सुरेश यादवको प्रमुख आतिथ्यतामा बृहत अतिरिक्त क्रियाकलाप सुरु भएको हो ।

  

बृहत अतिरिक्त क्रियाकलापमा ७ विधामा प्रतिस्पर्धा भइरहेको छ । जसमा कुर्सी दौड, फुटसल, क्विच, चियस, ड्रामा, म्यूजिकल चियर र रायम्स रहेका छन् । ७ विधामा ८ सय बढि विद्यार्थीहरु सहभागि रहेका छन् ।

उद्घाटन कार्यक्रममा बोल्दै बाँके जिल्ला शिक्षा समन्वय एकाई समितिका प्रमुख राम सुरेश यादवले बालबालिकाको सार्वाङ्गिन विकासका लागि अतिरिक्त क्रियाकलाप अति आवश्यक रहेको बताए ।

बालबालिकालाई अतिरिक्त क्रियाकलपामा आबद्ध गराई उनीहरुको शैक्षिक गुणस्तरमा बृद्धि गर्ने लक्ष्यका साथ सुरु भएको बृहत अतिरिक्त क्रियाकलापको सफलताको शुभकामना दिँदै आगामी दिनमा समेत यस्ता कार्यक्रम गर्न अनुरोध गरे ।

यस्तै नेशनल प्याब्सन बाँकेका अध्यक्ष किशोरराज मल्लले अतिरिक्त क्रियाकलापमा संलग्न गराई उनीहरुको क्षमता र दक्षतालाई अभिबृद्धि गर्ने लक्ष्यले कार्यक्रमको आयोजना गरेको बताए ।

‘हरेक बालबालिकासंग आ—आफ्नो किसिमको प्रतिभा हुन्छ, ‘त्यसलाई त्यसलाई प्रस्फूटन गर्ने, स्थान दिइयो भने उनीहरुको ज्ञान, सिप, क्षमता र दक्षता बृद्धि हुन्छ’ उनले भने ।

बाँकेका ३६ विद्यालय सहभागि भएको नेशनल प्याब्सन बाँकेका सचिव वेग प्रकाश चन्दले बताए । कुर्सी दौडमा ४०, फुटसलमा ४४, क्विचमा २०, ड्रामा १८, चियस २५, म्यूजिकल चियरमा ४४ र रायम्समा ३६ वटा गरी जम्मा ४४ वटा विद्यालयहरुले सहभागि भएको सचिव चन्दले बताए ।

जिल्ला सचिव वेग प्रकाश चन्द र सह—सचिव प्रकाश मल्लले कार्यक्रम सञ्चालन गरेका थिए । बृहत अतिरिक्त कार्यक्रम भोली समापन हुनेछ ।