महिला राष्ट्रिय टि–ट्वान्टी प्रतियोगिताको सुदूरपश्चिमलाई उपाधि

नेपालगन्ज ।

सुशील कोइराला मेमोरियल अन्डर–१९ राष्ट्रियटि–ट्वान्टी प्रतियोगिताको उपाधि सुदूरपश्चिम प्रदेशले जितेको छ ।

कोहलपुर नगरपालिकाले आयोजना गरेको प्रतियोगिताको फाइनलमा सुदूरपश्चिमले कोहलपुर मेयर–११ लाई २ विकेटले पराजित गर्‍यो । उपाधिसँगै सुदूरपश्चिमले एकलाख रुपैयाँ हात पार्‍यो ।

सुदूरले समूह चरणको खेलमा कोहलपुर मेयर–११सँग हारको बदला पनि लियो । कोहलपुर क्रिकेट रंगशालामा सम्पन्न फाइनलमा कोहलपुरमेयर–११ ले दिएको १०३ रनको लक्ष्य सुदूरपश्चिमले ८ विकेट गुमाएर अन्तिम बलमा भेटायो। अन्तिम बलमा १ रन आवस्यक हुँदा हिसिला खड्काले चौका प्रहार गर्दै सुदूरपश्चिमलाई जित दिलाईन् ।

सुदूरपश्चिमको लागि ओपनर मनिषा बोहराले सर्वाधिक ४१ रन योगदान दिईन् । प्लेयर अफ द म्याच घोषित बोहराले ४१ बलमा ५ चौका प्रहार गरिन्। कप्तान स्नेहा महराले १६ रन, निलम पाण्डेले ९ रन, रबिना साउद रअनु कडायतले समान ८ रन तथा हिसिला खड्काले अविजित ६ रन बनाईन् । यस अघि टस जितेर ब्याटिंग गरेको कोहलपुर मेयर–११ ले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १०२ रनबनायो । कोहलपुरको लागि कप्तान सना प्रविनले सर्वाधिक ४१ रन योगदान दिईन्।

ओपनिंग ब्याटिंग गर्दै अविजित रहँदै प्रविनले ५४ बलमा ३ चौका मद्दतले ४१ रन बनाईन्। रिया शर्माले अविजित १४ तथा तृष्णा विश्वकर्माले १२ रन बनाईन्। सुदूरपश्चिमकोबलिंगमा अनु कडायत र स्नेहा महराले २/२ विकेट लिए। अनुले ४ ओभरमा २८ रन तथास्नेहाले ४ ओभरमा १ मेडन गर्दै ८ रन खर्चिन्। उपाधि सहित सुदूरपश्चिम प्रदेशलेएक लाख रुपैयाँ हात पार्‍यो ।

उपविजेता कोहलपुर मेयर–११ ले पचास हजार रुपैयाँपायो । प्रतियोगिताकै उत्कृस्ट खेलाडी कोहलपुर मेयर–११ कि कप्तान सना प्रविन घोषितभईन् । उनले १५ हजार रुपैयाँ हात पारिन् । उत्कृस्ट बलर गण्डकी प्रदेशकी रचना चौधरी तथा उत्कृस्ट ब्याटर कोहलपुर मेयर–११ कि सनाप्रविन घोषित भईन् । उनीहरुले समान ५ हजार रुपैयाँ प्राप्त गरे ।

यस्तै उदयमान प्रतिभासुदूरपश्चिम प्रदेशकी सावित्री धामी घोषित भईन् । समापन समारोहका प्रमुख अतिथिनेपाल क्रिकेट संघका अध्यक्ष चतुर बहादुर चन्द तथा कोहलपुर नगरपालिका प्रमुखपूर्ण प्रसाद आचार्य, उपप्रमुख संगीता सुवेदीले विजेता खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए । ६ दिन चलेको प्रतियोगितामा कोहलपुर मेयर–११, बागमती प्रदेश,गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशको सहभागिता रहेको थियो ।