पञ्चमुखी स्कुलमा साँस्कृतिक कार्यक्रम गरी मनाइयो सरस्वती पुजा

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका ५ मा रहेको पञ्चमुखी स्कुलले साँस्कृति कार्यक्रम गरी सरस्वती पुजा मनाएको छ ।

विद्यालयका एमडी किशोरराज मल्लको अध्यक्षतामा भएको कार्यक्रममा प्रशासन शाखाका प्रमुख बाल कुमार शर्मा, प्रिन्सिपल डिल्ली घिमिरे लगायत अभिभावक, विद्यार्थीहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।

विहानैदेखि सरस्वतीको पूजा पाठ गरेका बालबालिकाहरुले साँस्कृतिक कार्यक्रम गरी आफ्नो प्रतिभा प्रफूष्टन गरेका थिए ।

बालबालिकासंग भएको अन्तरनिहित क्षमतालाई बाहिर ल्याउन स्थान नदिएसम्म कला, क्षमता र दक्षता थाहा नपाउँने भन्दै विद्यार्थीलाई अवसर दिनुपर्ने एमडी किशोरराज मल्ले बताए ।

कक्षा नर्सरीदेखि कक्षा १० सम्मका बालबालिकाहरुले साँस्कृतिक कार्यक्रम गरी विभिन्न गितहरुमा आफ्नो प्रस्तुती राखेका थिए ।