सरस्वती पुजाको अवसरमा सिर्जना बाल प्राविमा शैक्षिक सामग्री वितरण

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका वडा नं. १४ मा रहेको सिर्जना बाल प्राथमिक विद्यालयमा सरस्वती पुजाको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको छ ।

बुधबार कोहलपुर नगरपालिका १४ का वडा अध्यक्ष नम बहादुर आले मगरले बालबालिकालाई शैक्षिक सामग्री हस्तान्तरण गरेका थिए ।

सरस्वती पुजाको अवसरमा गरिएको शैक्षिक सामग्री वितरण कार्यक्रममा बोल्दै आले मगरले शैक्षिक सुधार गर्न व्यवस्थापनको पक्षमा बलियो भने गुणस्तरीय शिक्षा प्रदान गर्न सकिने भन्दै सरस्वती माताले सबैको रक्षा गरुन भन्दै शुभकामना व्यक्त गरे ।

विद्यालयका प्रअ कल्पना कुमारी वलीले १ सय २२ जना बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको बताइन् ।

उनले प्रति विद्यार्थी कपि, पेन्सिल, इलेजर सामग्री वितरण गरेको बताइन् । सरस्वती पुजाको अवसरमा साँस्कृतिक कार्यक्रम समेत भएको सहायक प्रअ पुष्पा चन्दले बताइन् ।