कोहलपुर मेयर-११ फाइनलमा, बागमतीको दोश्रो जित

कोहलपुर  ।

कोहलपुर मेयर-११ एक खेल अगावै बाँकेको कोहलपुरमा जारि सुशील कोइराला मेमोरियल अन्डर नाइन्टिन महिला राष्ट्रिय टि-ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ।

प्रतियोगिता अन्तर्गत चौंथो दिन सम्पन्न दुई खेलमा बागमती प्रदेश र कोहलपुर मेयर-११ विजयी भएका छन्। बागमतीले गण्डकीलाई तथा मेयर-११ ले सुदूरपश्चिम प्रदेशलाई पराजित गर्यो। कोहलपुर प्रस्तावित अन्तर्राष्ट्रिय मैदानमा आज सम्पन्न पहिलो खेलमा गण्डकी प्रदेशले बागमती प्रदेशलाई ७ विकेटले पराजित गर्यो।गण्डकीले दिएको ५७ रनको लक्ष्य बागमतीले ३ विकेट गुमाएर पुरा गर्यो।

बागमतीको लागि एलि यादवले १५ तथा बिपिशा शाहीले १२ रन योगदान दिए। गण्डकीको बलिंगमा निरुता जीटि, रचना चौधरी र सिमाना केसीले १र१ विकेट लिए। यस अघि टस जितेर ब्याटिंग गरेको गण्डकीले पुरै २० ओभर ब्याटिंग गरेता पनि ८ विकेट क्षेतीमा ५६ रन बनायो। गण्डकीको लागि कप्तान कुसुम गोदरले सर्वाधिक १७ रन, रचना चौधरीले १० रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। बागमतीकि बलर मनिषा उपाध्यायले २ विकेट तथा क्रिश्मा गुरुङले १ विकेट लिए।

प्लेयर अफ द म्याच घोषित देब्रे हाते स्पिनर मनिषाले ४ ओभरमा २ ओभर मेडन गर्दै ३ रन मात्र खर्चिन्। बागमतीले अन्य ५ विकेट रन आउट मार्फत पायो। आज सम्पन्न दोश्रो खेलमा कोहलपुर मेयर-११ ले सुदूरपश्चिम प्रदेशलाई ६ विकेटले पराजित गर्यो। सुदूरपश्चिमले दिएको ९२ रनको लक्ष्य कोहलपुर मेयर-११ ले ४ विकेट गुमाएर १७/४ ओभरमा भेटायो। कोहलपुर मेयर-११ को ब्याटिंगमा साना प्रविनले सर्वाधिक ३९ रन बनाईन् जुन क्रममा ४८ बलमा ४ चौका र १ छक्का प्रहार गरिन्।

प्रतिमा शाहले अविजित १८ रन बनाईन्। सुदूरपश्चिमको बलिंगमा रबिना साउदले २ तथा स्नेहा महरा र निशा खडायतले १/१ विकेट लिए। टस जितेर ब्याटिंग गरेको सुदूरपश्चिमले १९/३ ओभरमा सबै विकेट गुमाएर ९१ रन बनायो। सुदूरपश्चिमको लागि सावित्री धामीले सर्वाधिक ४६ रन योगदान दिईन् जुन क्रममा उनले ४४ बलमा ४ चौका प्रहार गरिन्। रबिना साउदले ११ तथा अनु कडायतले १० रन बनाईन्।

कोहलपुर मेयर-११ को बलिंगमा भवानी कमातीले सर्वाधिक ३ विकेट लिईन्। प्लेयर अफ द म्याच घोषित कमातीले ३।३ ओभरमा १४ रन खर्चिन्। आरति महतोले २ विकेट लिंदा हैमवती रोय र तृष्णा बिश्वकर्माले १र१ विकेट लिए।

सबै तिन खेलमा जित दर्ता गरेको कोहलपुर मेयर-११ कुल ६ अंक सहित अंकतालिकाको शिर्षमा छ जसले फाइनलमा स्थान पक्का गरेको छ। यस्तै बागमती प्रदेश ३ खेलमा २ जित र १ हार पछि ४ अंक सहित तेश्रो स्थानमा छ। समान नतिजा र अंक सहित गण्डकी प्रदेश नेट रन रेटमा अघि रहँदै दोश्रो स्थानमा छ।

३ खेलमा २ अंक सहित सुदूरपश्चिम चौंथो तथा तिन खेलमा पराजित हुँदै अंकविहिन लुम्बिनी प्रदेश पाँचौ स्थानमा छ। प्रतियोगिता अन्तर्गत पाँचौ दिन पनि दुई खेल हुनेछन्। दिनको पहिलो खेलमा विहान ९:३० बजे सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेश तथा दोश्रो खेल दिउँसो १:३० बजे बागमती प्रदेश र कोहलपुर मेयर-११ प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगितामा कोहलपुर मेयर-११, लुम्विनी प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेश सहभागि छन्। सबै टिमले एक-अर्कासंग एक खेल खेलेपछि अंकतालिकाको शिर्ष स्थानमा रहने दुई टिमले फाइनल खेल्नेछन्।