दीपज्योति माविले मनायो २१औं वार्षिकोत्सव (फोटो फिचर)

कोहलपुर ।

बाँकेको बैजनाथ गाउँपालिका—१ मा रहेको दीपज्योति मावि विद्यालयले २१औ वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह-२०८० मनाएको छ ।

आज बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीको प्रमुख अतिथ्यितामा २१औ वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह-२०८० मनाएको हो ।

पालिका अध्यक्ष शाहीले २१औ वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह-२०८० को उद्घाटन गरेका हुन् ।

उद्घाटनमा बोल्दै पालिका अध्यक्ष शाहीले सामुदायिक र संस्थागत विद्यालयलाई एकिकृत गरी शैक्षिक हवका रुपमा विकास हुँदै गइरहेको बताए । संस्थागत विद्यालयहरुले अपनाएको विधि प्रक्रिया, सामुदायिक विद्यालयहरुले अपनाएका विधिहरुलाई एकिकृत गरी शैक्षिक सुधार गरी गुणस्तरीय तथा प्रभावकारी शिक्षा प्रदान गर्न एकिकृत गरी साझा योजना बनाउनुपर्नेमा पालिका अध्यक्ष शाहीले जोड दिए ।

विद्यालयमा शिक्षक, शिक्षिक, प्रिन्सिपल र व्यवस्थापन पक्षको जति भूमिका हुन्छ त्यो भन्दा बढि अभिभावककको हुने भएकोले आफ्ना बालबालिकाको नतिजा तथा होमवर्कका बारेमा जानकारी लिन महिनामा एक पटक जानुपर्ने भन्दै अभिभावकलाई अनुरोध गरे ।

यस्तै बैजनाथ गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष रुप बहादुर मल्लले बालबालिकालाई विद्यालय मात्र पठाएर गुणस्तरीय शिक्षा प्राप्त गर्न नसक्ने बताए । विद्यालयमा ६ घण्टा मात्र हुन्छन् भने घरमा १८ घण्टा हुने गर्दछन् त्यसकारणले अभिभावकको आफ्ना बालबालिकालाई अध्ययनतर्फ केन्द्रित गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा विद्यालयका प्रिन्सिपल बसुन्धरा पाण्डले बालबालिकाको गुणस्तरीय शिक्षा प्रदान गर्ने विषयमा निकै चिन्ता र चासो भएको बताइन् । सो चिन्ता र चासोमा अभिभावकहरुले साथ, सहयोग, समन्वय र सहकार्य गरिरहेका छौं थप अति राम्रा अझै सुझाव भए उपलब्ध गराउन पाण्डेले बताइन् ।
पाण्डेका अनुसार बालबालिकाको दुर्घटना विमा गरेको बताइन् । बालबालिका विद्यालय होस्, या घरमा दुर्घटना भएमा विमाबाट उपलब्ध हुने रकम सहयोग गर्ने उद्देश्यले यो कार्यक्रम सुरु भएको संस्थापक पाण्डेले बताइन् ।

यस्तै दीपज्योति माविका संस्थापक दमन पाण्डेले त्रिकोणात्मक सम्बन्ध मजबुद गराउँदै गरेको भन्दै ४२ जना शिक्षक कर्मचारी रहेको बताए ।

पाण्डेका अनुसार नर्सरीमा बुकलेस गरेको बताए । नर्सरीमा अध्ययनरत बालबालिकाहरुले किताव ल्याउँदैनन तर उनीहरुलाई डिजिटल माध्यमद्धारा अध्ययन/अध्यापन गराइने र आगामी वर्षदेखि २ कक्षासम्म बुकलेस गर्ने योजना सहित बढिरहेको संस्थापक पाण्डेले बताए ।
औपचारीक कार्यक्रम समापन पछि दोस्रो सत्र साँस्कृति कार्यक्रम सञ्चालन भएको थियो ।

साँस्कृतिक कार्यक्रममा कक्षा नर्सरीदेखि कक्षा १० का बालबालिकाले आफ्नो स्पिच, बाल गित, एकल तथा संयूक्त नाच गरी २९ वटा प्रस्तुतीहरु रहेका थिए । कक्षा ९ मा अध्ययनरत मनीषा नेपाली र कक्षा ४ का अनिस थापाले मन्तव्य राखेका थिए । कार्यक्रम सञ्चालक कोष खड्काले मार्मिक कथा प्रस्तुत गरेका थिए । विद्यालय वि.स. २०६० सालमा स्थापना भएको हो भने ७ सय विद्यार्थी रहेका छन् । यस्तै कार्यक्रममा अभिभावक, विद्यार्थी, शिक्षक, कर्मचारीहरुको उपस्थित रहेको थियो ।