कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिका—१ मा रहेको कृष्ण मावि कौशिलानगरमा वृहत सरसफाई कार्यक्रम गरिएको छ । कृष्ण माविमा अध्ययनरत विद्यार्थीहरुले आफ्नो विद्यालयको पाँच सय मिटर दाया बाँया सडक तथा विद्यालय परिसरको वरीपरी सरसफाई गरेका हुन् ।
कृष्ण माविका प्रअ दिलिपी वलीले सचेतनाको लागि सरसफाई कार्यक्रम गरेको बताए । कोहलपुर नरपालिका वडा नं. १ का बासीन्दाहरुलाई आफ्नो घरआगन सरसफाई राख्नुपर्ने बताउँदै उनले हरेक घरको ५ सय मिटर दायाँवायाँ सरसफाई गर्नुपर्नेमा जोड दिए ।
यस्तै कोहलपुर नगरपालिका वडा नं. १ का अध्यक्ष बद्रि प्रसाद जैसीले सम्पूर्ण वडाबासीहरुले सरसफाई अनिवार्य गर्नुपर्नेमा जोड दिएका थिए । आफ्ना बालबालिकाहरुलाई सरसफाईमा सबै भन्दा बढि ध्यान दिन समेत अनुरोध गरे ।
यस्तै सरसफाई कार्यक्रममा शिक्षक, विद्यार्थी लगायतको सहभागिता रहेको थियो ।



कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।














प्रतिक्रिया दिनुहोस्