नेपालगन्ज जाँदै गरेको बस गोरुसँग ठोक्किदा दुर्घटना




प्रदिप कुमाई, कोहलपुर ।

कोहलपुरदेखि नेपालगन्ज जाँदै गरेको नगर यात्रुबहाक बस पार्वतीपुर नजिकैं सडकमा रहेको गोरुसँग ठोक्किदा दुर्घटनामा परेको छ ।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख रविन्द्र खनालका अनुसार पार्वतीपुरमा रहेको शिव मन्दिर नजिकैं गोरुसँग ठोक्किएर बिहीबार राति ८ बजेतिर बस दुर्घटनामा परेको हो ।

ठक्करबाट गोरु घटनास्थलमा नै मरेको छ भने बस सडकमै पल्टिएको र बसमा सवार केही यात्रुहरु सामान्य घाइते भएको प्रमुख खनालले बताएका छन् । बसका चालक भने फरार रहेकोले खोजी कार्य जारी राखिएको बताइएको छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७७ पुस २६ गते आइतबार