नेपाल एपीएफ स्कुलले भव्य रुपमा मनायो चौथो स्कुल स्थापना तथा अभिभावक दिवस (फाेटाे फिचर)

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका २ मा रहेको नेपाल एपीएफ स्कुलले चौथो स्कुल स्थापना दिवस तथा अभिभावक दिवस भव्य रुपमा मनाएको छ ।

मंगलबार बाँके सशस्त्र प्रहरी नायव महापनिरीक्षक अभि कुमार खत्रीको प्रमुख अतिथिमा चौथो स्कुल स्थापना दिवस तथा अभिभावक दिवस भव्य रुपमा मनाएको हो । दिवसको अवसरमा बालबालिकाहरुले विभिन्न साँस्कृति कार्यक्रम गरेका थिए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोख्रेल, नेपाल सशस्त्र प्रहरी जवान तालिम शिक्षालय नौवस्ताका समादेशक एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक प्रविण कडेल, कोहलपुर नगरपालिका शिक्षा शाखाका प्रमुख राम बहादुर हमाल, राष्ट्रिय सेवादल कौशिलानगरका प्रमुख सेनानी बालकृष्ण कार्की लगायत सम्पूर्ण अभिभावकहरु समेत उपस्थित रहेको थियो ।