Kohalpur Today Header Ads

अमेरिकी सेनाको भूमिकामा देखिए अभिनेता दयाहाङ राई




काठमाडौं ।

अभिनेता दयाहाङ राईले उनको आगामी फिल्म ‘भूठान’मा अमेरिकी सेनाको भूमिकामा अभिनय गरेका छन् । फिल्म छायांकनको इण्ड-कल्यापबारे जानकारी दिन निर्माताले बुधबार सार्वजनिक गरेको तस्वीरमा राईको चरित्र चित्रणबारे खुलासा भएको हो ।

उक्त फिल्ममा अभिनय गरेर अभिनेता राई स्वदेश फर्किइसकेका छन् । प्राप्त तस्वीरमा राईलाई हलिउड अभिनेता ब्रुस डर्न र भारतीय अभिनेत्री अनुराधा मजुमदारसँगै देख्न सकिन्छ ।

LIfe Ok

‘बुलबुल’ फेम्ड विनोद पौडेल निर्देशित नेपाल र अमेरिकी प्रोजेक्टको छायांकन ओहायो राज्यमा सकिएको छ । यो फिल्मलाई सन् २०२४ को अन्त्यतिर विश्वब्यापी प्रदर्शन गर्ने तयारी छ ।

भुटानी शरणार्थीको तेस्रो देश पुनर्वास र संघर्षको कथावस्तुमा बनेको यो फिल्ममा नेपालबाट हरिवंश आचार्य लगायतको पनि अभिनय छ । दयाहाङको कुरा गर्दा, उनीसँग दर्जनभन्दा बढी फिल्मको लाइनअप छ ।

रोचक त के छ भने, एउटै मितिमा समेत उनी अभिनित फिल्मबीच प्रतिस्पर्धा हुँदैछ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० माघ १७ गते बुधबार