Kohalpur Today Header Ads

पर्सामा सय ग्राम खैरो हेरोइनसहित ३ जना पक्राउ




वीरगन्ज ।

जिल्ला प्रहरी कार्यालय पर्साले लागु औषध खैरो हेरोइनसहित ३ जनालाई पक्राउ गरेको छ । प्रहरी चौकी बसपार्क तथा लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय पर्साबाट खटिएको प्रहरीको संयुक्त टोलीले १०० ग्राम खैरो हेरोइनसहित ३ जनालाई पक्राउ गरेको हो ।

प्रहरीको टोलीले वीरगन्ज–१६ का ६१ वर्षीय राजबली महतो, ४५ वर्षका मनोहर महतो र बाराको परवानीपुर गाउँपालिका ५ बस्ने ३७ वर्षीय अवधेश प्रसाद पटेललाई पक्राउ गरेको जनाएको छ । प्रहरीलाई आएको विशेष सूचनाका आधारमा चलाइएको छड्के जाँचका क्रममा वीरगन्ज महानगरपालिका १६ स्थित सडक खण्डबाट तीनै जनालाई खैरो हेरोइनसहित पक्राउ गरिएको पर्सा प्रहरी प्रवक्ता कुमारविक्रम थापाले जनाए ।

LIfe Ok

रामबली महतोको ज्याकेट खल्तीबाट ५० ग्राम र मनोहर महतोको खल्तीबाट ५० ग्राम खेरौ हेरोइन फेला परेको पर्सा प्रहरीले जानकारी दिएको छ । उनीहरूको ज्याकेटको खल्तीमा लुकाइछिपाई राखिएको अवस्थामा लागु औषध खैरो हेरोइन जस्तो देखिने सेतो पदार्थ फेला परेको प्रहरी भनाइ छ ।

पक्राउ परेका तिनै जनामाथि लागु औषध सम्बन्धीको कसुरमा मुद्दा चलाउने तयारी भइरहेको पर्सा प्रहरीले जनाएको छ । लागु औषधसहित पक्राउ परेकाहरूलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० माघ १७ गते बुधबार