४ वर्षमा बाँकेका ८ पालिकाको लिजाको नतिजा, डुडुवा उत्कृष्ट

कोहलपुर ।

बाँकेका ८ स्थानीय तह लिजाको नतिजामा सुधारउन्मुख छन् । पालिकाहरुले संस्थागत सुधारमा छलाङ मारेको तथ्यांकमा देखिन्छ ।

स्थानीय संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) मा विगत २०७६ सालदेखि २०७९ सालसम्मको नतिजालाई हेर्दा लिजाको नतिजा सुधारउन्मुख छ ।

गत वर्ष आफैले प्राप्त गरेको अंकमा थप सुधार गर्दै सुशासनमा थप अंक प्राप्त गर्न सफल भएका छन् ।

संघिय मामिला तथा समान्य प्रशासन मन्त्रालयले स्थानिय तहका सबल र दुर्बल पक्षहरुको पहिचान गर्न, विकास तथा सुशासनमा रहेका कमी कमजोरीहरुको जानकारी लिन, आवधिक समिक्षाको लागि आधार प्राप्त गर्न र गाउँपालिका र नगरपालिकाहरुको वितमा तुलनायोग्य सूचकहरु तर्जुमा गरी प्रतिस्पर्धात्मक सुधारमा अग्रसर गराई स्थानीय तहलाई सक्षम र प्रभावकारी बनाउन निर्माण भएको हो ।

स्थानिय तह संस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधि २०७७ निर्माण भएपछि स्थानीय तहको संस्थागत स्थिति, रिपोट र सपोटको अवधारणाबाट अगाडी बढेको हो ।

शासकीय प्रवन्ध, संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तिय तथा आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्य सम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद व्यवस्थापन र सहकार्य र समन्वयलाई सूचक मानेर स्थानीय संस्थागत क्षमता स्वमूल्यांकन गर्ने गरिन्छ ।

विगतका वर्षको भन्दा यस वर्ष ८ वटै पालिकाले उत्कृष्ट अंक ल्याउन सफल भएका छन् । जनप्रतिनिधि तथा कर्मचारी सबैको सामुहिक प्रयासले संस्थागत सुधारमा सकारात्मक नजिता प्राप्त भएको हो । आर्थिक पारदर्शीता र जवाफदेहितालाई मुख्य प्राथमिकतामा राखेर पालिकाले काम गर्दै आएका छन् ।

तथ्थांक हेर्नुहोस् ।