सुरक्षित आप्रवासन शिक्षा दिनुपर्नेमा जोड

कोहलपुर ।

नेपालबाट अन्य देशमा जानेहरुलाई सुरक्षित आप्रवासन तथा बैदेशिक रोजगारसँग सम्बन्धित शिक्षा दिन आवश्यक रहेको छ ।

बाँकेको कोहलपुरमा रहेको ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र कोहलपुरमा संचालित दियो परियोजना अन्तर्गत सरोकारवालाहरुसँगको समन्वयात्मक बैठकमा पुस्तकालयको सहजिकरणमा सुरक्षित आप्रवासन तथा बैदेशिक रोजगारसँग सम्बन्धित शिक्षा दिन आवश्यकता रहेको बतार्ईएको छ ।

सो बैठकमा कोहलपुर नगरपालिका सामाजिक विकास शाखा संयोजक ईश्वरी वि.क.ले बैदेशिक राजगारमा जानेहरुलाई दिईने शिक्षा सम्बन्धि पुस्तकालयले कार्यक्रम बनाएमा स्थानीय सरकारले आवश्यक सहयोग गर्ने बताएका छन् ।

कार्यक्रममा कोहलपुर नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष लाल बहादुर रानाले विदेशमा काम गर्ने जाने व्यक्तिहरुले त्यहाँको बारेमा आधारभूत पक्षका बारेमा जानकारी पाउन नसक्दा दुःख पाउने गरेको अवस्था विद्यमान रहेको बताउँदै बैदेशिक रोजगारको सुरक्षा सम्बन्धि कार्यक्रम प्रभावकारी हुने बताएका छन् ।

साथै रिड नेपालका कार्यक्रम अधिकृत साजन थापाले ज्ञानोदय सामुदायिक पुस्तकालयसँग रिड नेपालले सहकार्य गरिरहेको बताउँदै रिडले गर्ने कार्यक्रम, विश्व तथा नेपालको वर्तमान परिस्थितिका बारेमा उल्लेख गरेका थिए ।

यसका साथै बैठकमा दियो कार्यक्रम संयोजक पतिराम थारुले दियो परियोजना अन्तर्गत संचालित कार्यक्रमहरु र यसले समुदायमा पारेको प्रभावको बारेमा बताएका थिए ।

उक्त बैठकमा ज्ञानोदय पुस्तकालयले कोहलपुर नगरापालिका विभिन्न शाखा वडा तथा विभिन्न सरोकारवालाहरुसँग समन्वय र सहकार्यमा कायक्रम संचालन गर्न आवश्यक पहल गर्नुपर्ने, यूवाहरुलाई सिपमुलक उत्पादनमुखी कार्यक्रमहरु तयार गरी सामुदायमा लागु गर्ने र त्यसको लागि स्थानिय सरकारसँग आवश्यक समन्वय गर्नुपर्ने, कोहलपुर नगरपालिका भित्र अनौपचारिक शिक्षा सिकाइको लागि पुस्तकालयले जिम्मेवारी लिने गरी स्थानिय सरकाससंग समन्वय गर्ने तथा पुस्तकालयमा सुरक्षित आप्रवासनसँग सम्बन्धित सचेतनात्मक दियो सूचना कर्नर व्यापक प्रयोगको लागि सबैले सूचना गर्ने लगायतका निर्णयहरु भएको पुस्तालयका उपाध्यक्ष मणि गैरेले बताएका छन् । यसका साथै उपाध्यक्ष गैरेले ज्ञानोदय पुस्तकालयले गर्ने काम र पुस्तकालयको वर्तमान अवस्था तथा भावि योजनाका बारेका जानकारी समेत दिएका थिए ।

कार्यक्रममा कोहलपुर नगरपालिका आर्थिक विकास समिति संयोेजयक अनिता वि.सि. आर्थिक विकास शाखा प्रमुख विर बहादुर बि.क., राष्ट्रिय मानव अधिकार मञ्चका अध्यक्ष राम बहादुर मल्ल, सामुदायिक प्रहरी सेवा केन्द्र लगायत विभिन्न संघ/संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

पुस्तकालयले रिड नेपाल, रिड ग्लोबल र आइरेक्सको सहयोगमा संचालित दियो परियोजना अन्तर्गत सुरक्षित आप्रवासन तथा बैदेशिक रोजगारसँग सम्बन्धित सचेतनात्मक कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ ।